रुकुममा जन्ती बोकेको बस दुर्घटना - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

रुकुममा जन्ती बोकेको बस दुर्घटना



काठमाडाैँ – रुकुम पश्चिमको बरेली बजारमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

मुसीकोट नगरपालिका–२, स्थित बरेली बजारमा ग १ ख २१०९ नम्बरको बस चिप्लिएर दुर्घटना हुँदा २५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बाँफिकोट गाउँपालिका–२, को पिपलबाट मुसीकोट नगरपालिका–१, घिमानेतर्फ जाँदै गरेको बस सडकबाट चिप्लिएर दुर्घटना भएको र घाइतेलाई उद्धार गरि अस्पताल लगिएको प्रहरीको भनाइ छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।