रुँदारुँदै आँसु सकिन लागे ,हत्यारा पत्ता लागे मनले शान्ति पाउथ्यो :निर्मला पन्तकी आमा
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना पूरा हुन लाग्दासमेत बलात्कारी र हत्यारा पत्ता लाग्न सकेको छैन ।
छोरीको हत्यारालाई कारवाहीको माग गर्दै महिनौदेखि आन्दोलनमा रहेका बुबा यज्ञराज पन्तको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । निर्मलाकी आमा दुर्गादेवी भने केहीदिन अघि कञ्चनपुर फर्किएकी छन् ।
उनले अहिलेसम्म हत्यारा र बलात्कारी पत्ता लाग्न नसक्नु दुखद भएको बताउँदै हत्यारा पत्ता लागेमात्रै आफ्नो मनले शान्ति पाउने बताउँछिन् ।
उनले अहिलेसम्म आफूहरु रुँदारुँदै आँसु पनि सकिन लागेको बताइन् ।
यसैबीच कञ्चनपुरमा लगातार प्रदर्शन भइरहेको छ । अधिकारकर्मी महिलाहरुले आइतबार पनि कञ्चनपुरमा आँखामा कालोपट्टी बाँधेर प्रदर्शन गरेका थिए भने आफन्तको धर्ना अहिलेसम्म पनि जारी छ ।
कात्तिक २५ गतेदेखि जारी रहेको धर्ना अहिलेसम्म पनि कायमै छ ।