सरकारी समाचार संस्था रासस लगायत ६५ सञ्चार माध्यममाथि कारबाही - Himal Post Himal Post
  • ९ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 21 2026
Logo

सरकारी समाचार संस्था रासस लगायत ६५ सञ्चार माध्यममाथि कारबाही



काठमाडौं- कोरोना महामारीको कारण जारी गरिएको निषेधाज्ञा अवधिमा अफवाह फैलाएको भन्दै सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) पनि कारबाहीमा परेको छ । आचारसंहिता उल्लङ्घन गर्ने रासससहित ६५ वटा सञ्चारमाध्यम कारबाहीमा परेका हुन्।

प्रेस काउन्सिल नेपालले अनुगमन गर्दा ६५ वटाले आचारसंहिता उलंघन गरेको पाइएकोले कारबाही गरिएको जनाएको छ। काउन्सिलले आज सार्वजानिक गरेको प्रतिवेदन अनुसार कोरोना (कोभिड १९) सङ्क्रमणको नियन्त्रणको लागि २०७८ बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको अवधिमा अनुगमन गर्दा मुख्य मुख्य ६५ सञ्चारमाध्यम/वेबपोर्टलमा आचारसंहिता उल्लङ्घन भएको देखिएको जनाएको हो।

भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण भएकोले नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी १९ वटालाई कारबाही गरिएको काउन्सिलले जानकारी दिएको छ। कोरोना संक्रमणका विषयमा वीभत्स दृश्य, अतिरञ्जित सामग्री सम्प्रेषण गरेवापत ११ वटा सञ्चार माध्यमलाई सचेत गराइएको छ।

यस्तै २ वटालाई ध्यानकर्षण गराइएको, ३ वटालाई स्पष्टिकरण सोधिएको र एक वटा सञ्चार माध्यमलाई जवाफ दिन भनिएको काउन्सिलले जानकारी दिएको छ।