आइपिएल: आरआर र केकेआर भिड्दै, ह्याट्रिक गर्ने दाउमा आरआर - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

आइपिएल: आरआर र केकेआर भिड्दै, ह्याट्रिक गर्ने दाउमा आरआर



काठमाडौं- आईपीएलको १३ औं संस्करणको १२औँ खेल बुधबार राति हुँदैछ । नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुने खेलमा रोयल्स र कोलकत्ता नाइटराइडर्सबीच भिडन्त हुनेछ ।

युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज राजस्थान र कोलकत्ता तेस्रो खेलका लागि मैदान उत्रन लागेका हुन्।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मैदान उत्रदा राजस्थान लगातार तेस्रो जितको खोजीमा हुनेछ । अघिल्ला दुई खेलमा जित निकालेको राजस्थान ४ अंक सहित शीर्ष स्थानमा रहेको छ ।

स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थान कोलकत्तालाई हराएर अपराजित यात्रा कायम राख्ने योजनामा समेत हुनेछ ।

राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो । यस्तै दोस्रो खेलमा किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले हराएको थियो ।

दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्ता भने दोस्रो जितको खोजीमा हुनेछ । कोलकत्ताले अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको थियो ।

कोलकत्ता पहिलो खेलमा मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित भएको थियो । दोस्रो खेलमा भने कोलकत्ताले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको थियो ।

कोलकत्ता २ खेलमा २ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

दुई टिमबीचको पछिल्लो पाँच भेटमा राजस्थान बलियो देखिएको छ । गत वर्ष भएको दुई भेटमा समेत दुबै टिमले एक एक जित निकालेका थिए ।\

गत वर्ष भएको पहिलो भेटमा कोलकत्ता ८ विकेटले विजयी भएको थियो । तर, दोस्रो खेलमा राजस्थान ३ विकेटले विजयी भएको थियो ।

कोलकत्ताविरुद्ध राजस्थानले कप्तान स्मिथ सहित डेभिड मिल्नर, जोफ्रा आर्चर, रोबिन उथप्पा, सन्जु सामसन, श्रेयस गोपाल लगायतका खेलाडी मैदान उतार्ने छन् ।

कोलकत्तासँग दिनेशसँगै आन्द्रे रसेल, इयान मोर्गन, आन्द्रे रसेल,कुलदिप यादव, पाट कुमिन्स जस्ता खेलाडीको साथ रहनेछ ।