अनिश्चितकालका लागि स्थगित भयो आरआरआर रिलिज मिति - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

अनिश्चितकालका लागि स्थगित भयो आरआरआर रिलिज मिति



मुम्बई । बहुप्रतीक्षित दक्षिण भारतीय चलचित्र ‘आरआरआर’का दर्शकका लागि प्रतीक्षाको समय अझै लम्बिने भएको छ । एसएस राजमौलीको चलचित्र ‘आरआरआर’को यसअघिको रिलिज मिति स्थगन गरिएपछि दर्शकको प्रतीक्षा लम्बिने भएको हो ।

दिल्लीसहित भारतका थुप्रै ठाँउमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको बढ्न थालेसँगै हलहरू बन्द हन थालेका छन् । गत हप्तादेखि नै दिल्लीका हलहरू बन्द भइसकेका छन् । जसका कारण आरआरआरको रिलिज मिति प्रभावित बनेको हो । नयाँ रिलिज मिति भने तोकिएको छैन ।

“सबै पक्षहको हितलाई ध्यानमा राखेर हामी रिलिज मिति स्थगित गर्न बाध्य छौँ । हाम्रा सबै प्रशंसक अनि दर्शकहरूलाई उहाँहरूको निस्वार्थ मायाका लागि कृतज्ञ छौँ,” आरआरआरले ट्विट गर्दै लेखेको छ, “हाम्रो अथक प्रयासका बावजुद केही परिस्थितिहरू हाम्रो नियन्त्रण बाहिर छन् । जसरी धेरै भारतीय राज्यहरूले थिएटरहरू बन्द गर्दैछन्, हामीसँग तपाईंलाई तपाईंको उत्साहलाई कायम रारिराख्नुहोस् भन्ने बाहेक केही विकल्प छैन । हामीले भारतीय सिनेमाको महिमा फिर्ता ल्याउने वाचा गरेका थियौँ । र, सही समयमा हामी गर्नेछौँ ।”

पिरियड एक्सन ड्रामा ‘आरआरआर’ मा जुनियर एनटीआर, राम चरण, अजय देवगन र आलिया भट्टको मुख्य अभिनय रहेको छ । चलचित्रले हैदराबादको निजामविरुद्ध लडेका स्वतन्त्रता सेनानी कोमाराम भीम र औपनिवेशिक अंग्रेजहरूविरुद्ध विद्रोह गर्ने अल्लुरी सीताराम राजुको यात्रालाई प्रस्तुत गरेको छ ।

यसअघि जनवरी ७ मा रिलिज तय गरिएको थियो ।