५ अभरको खेल : श्रेयसको ह्याट्रिक र बेंगलोरको बलियो अंक - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

५ अभरको खेल : श्रेयसको ह्याट्रिक र बेंगलोरको बलियो अंक



एजेन्सी – लेग स्पिनर श्रेयस गोपालले ह्याट्रिक गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ४९ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्सलाई ६३ रनको लक्ष्य दिएको छ ।

वर्षाको कारण निर्धारित समय भन्दा झण्डै चार घण्टापछि सुरु भएको खेलमा ओभर घटाएर ५-५ झारिएको थियो । घरेलु मैदान चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित ५ ओभरमा ७ विकेटको क्षतिमा ६२ रन बनायो ।

बेंगलोरले विराट कोहली र एबी डी भिलियर्सलाई ओपनरको रुपमा मैदान उतारेको थियो । पहिलो ओभरको सुरुवाती दुई बलमा कप्तान विराट कोहलीले लगातार छक्का प्रहार गरे । चौथो र अन्तिम बलमा डी भिलियर्सले चौका प्रहार गरे पछि बरुन आरोनले पहिलो ओभरमै २३ रन खर्चिएका थिए ।

विराटले दोस्रो ओभरको पहिलो बलमा छक्का र दोस्रो बलमा श्रेयस गोपाललाई चौका प्रहार गरे । चौथो बलमा भने गोपालले कोहलीलाई लङ अनको दिसामा लिभिङ स्टोनबाट क्याच आउट गराए । कप्तान कोहलीले ७ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै २५ रनमा आउट भए ।

गोपालले लगतै अर्को बलमा डीभिलियर्सलाई क्याच आउट गराए । डी भिलियर्स पनि ठूलो शर्ट खेल्ने घुनमा रियान परागबाट क्याच आउट भए । अन्तिम बलमा मार्कस स्टोइनिसलाई स्टिभ स्मिथबाट क्याच गराउदै गोपालले ह्याट्रिक पुरा गरेका थिए । डी भिलियर्सले ४ बलमा २ चौका सहित १० रन जोडे । गोपालले ह्याट्रिक गरेपछि राजस्थान खेलमा फर्किएको थियो । तेस्रो ओभरमा रियान परागले १० रन खर्चेर १ विकेट लिए ।

जयदेव उनादकटको चौथो ओभरको दोस्रो बलमा पार्थिव पेटलले चौका प्रहार गरे पनि अन्तिम बलमा ओशन थोमसबाट क्याच आउट भए । उनले ५ बलमा ८ रन बनाए । उनादकटले यस ओभरमा ९ रन मात्र खर्चिए । अन्तिम ओभरमा ओशन थोमसले ८ रन खर्चेर २ विकेट लिए । राजस्थानका श्रेयस गोपालले १ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै ओशन थोमस २, रियान पराग र जयदेव उनादकटको नाममा समान १ विकेट रह्यो ।