राजस्थानको हैदरावादमाथि सहज जित : अंक तालिका रोचक - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

राजस्थानको हैदरावादमाथि सहज जित : अंक तालिका रोचक



एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल)को ४५ औं खेलमा सनराइजर्स हैदरावादलाई राजस्थान रोयल्सले ७ विकेटले पराजित गरेको छ ।

निवार राती सम्पन्न खेलमा हैदरावादमाथि सहज जित निकाल्दै राजस्थानले प्ले अफको संभावना कायमै राखेको छ । १ सय ६१ रनको विजयी लक्ष्य पछ्पाएको राजस्थानले १९.१ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो ।

राजस्थानको लागि लियाम लिभिङस्टोनले आक्रमक ब्याटिङ गर्दै २६ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४४ रन जोडे । कप्तान अजिंक्या रहाणेले ३४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३९ रनमा आउट भए । लियाम र रहाणेले पहिलो विकेटका लागि ९ ओभरमा ७८ रनको साझेदारी गर्दै राजस्थानको जित सहज बनाएका थिए । युवा खेलाडी सन्जु स्यामसन ३२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४८ रनमा अविजित रहे । कप्तान स्टिभ स्मिथ २२ रनमा आउट भए । यस अघि लगातार पाँच टी२० खेलमा डक आउट भएका एस्टन टर्नर आजको खेलमा ३ रनमा अविजित रहे । हैदरावादका सकिब अल हसन,राशिद खान र खलिल अहमीदले समान १ विकेट लिए ।

त्यस अघि जयपुरमा टस हारेर ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६० रन बनायो । हैदरावादका मिडिल अडरका ६ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । हैदरावादका मनिष पान्डेले सर्वाधिक ६१ रन बनाएपनि एक्लो प्रयास जितको लागि प्राप्त भएन । १५ ओभरको अन्तिम बलमा श्रेयस गोपालले सन्जु स्यामसनबाट क्याच आउट गराउनु अघि ३६ बलमा ९ चौका प्रहार गरे ।

ओपनर डेविड वार्नर ३७ रनमा आउट भए । ३२ बलको सामना गरेका वार्नरले कुनै पनि छक्का र चौका प्रहार गर्न सकेनन् । वार्नरलाई १३ ओभरको पहिलो बलमा ओशन थोमसले स्टिभ स्मिथबाट क्याच आउट गराए । हैदरावादको मिडिल अडरको प्रर्दशन सम्झन लायक रहेन । कप्तान केन विलियम्सन १३,विजय शंकर ८,दिपक हुड्डा शुन्य,सकिव अल हसन ९ र रिद्धीमान साह ५ रनमा आउट भए ।राशिद खानले ८ बलमा समान १ चौका र छक्का प्रहार गर्दै १७ रनमा अविजित रहे । राजस्थानका श्रेयस गोपाल,ओशन थोमस,जयदेव उनादकट र बरुण आरोनले समान २ विकेट लिए ।

कोलकता नाइट राइडर्सलाई पछि पार्दै अंक तालिकामा राजस्थान छैटौं स्थानमा उक्लेपछि प्ले अफ समिकरण झनै रोचक बनेको छ । राजस्थानले १२ खेलमा ५ जित र ७ मा हारका साथ बेंगलोर र कोलकतालाई पछि पार्दै छैटौं स्थानमा छ ।