राजस्थान र मुम्बईबीच प्रतिष्ठाको भिडन्त - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

राजस्थान र मुम्बईबीच प्रतिष्ठाको भिडन्त



एजेन्सी– युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को २० औं खेल आज हुँदैछ । नेपाली समय अनुसार बेलुका ७:४५मा सुरू हुने खेलमा आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्स भिड्नेछन् ।

शेख जायद स्टेडियम आबूधाबीमा खेल हुँदैछ । मुम्बई चौथो जितका साथ शीर्ष स्थानमा उक्लिने सोचमा छ । राजस्थान तेस्रो जित निकाल्ने तयारी गर्दैछ ।

मुम्बई ५ खेलमा ३ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ । राजस्थान ४ खेलमा समान २ मा जित र हार सहित पाँचौ स्थानमा छ । पछिल्ला दुई खेलमा लगातार पराजित भएको राजस्थान त्यसबाट पाठ सिक्दै मुम्बईबिरुद्ध जित निकाल्न चाहान्छ ।

मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्सँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको थियो । रोयल च्यालेन्जर्स बेंगलोरसँग सुपर ओभरमा पराजित हुन पुगेको थियो । किंग्स इलेभेन पन्जाबलाई ४८ रन र सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गरेको थियो ।

यता राजस्थानले पहिलो खेलमा चेन्नईलाई १६ रन र दोस्रोमा पन्जाबलाई ४ विकेटले पराजित गरेको थियो । तर कोलकातासँग ३७ रन र बेंगलोरसँग ८ विकेटले पराजित हुन पुग्यो । राजस्थानसँग प्रमुख बेन स्टोक्स टोलीमा जोडिएका छन् । तर क्वारेन्टाइनमा बसेको हुँदा आजको खेलमा उपलब्ध हुने छैनन् ।

आजको खेलमा रोबिन उथप्पाको स्थानमा युवा ब्याट्सम्यान यशस्वी जैसवाललाई मौका पाउने सम्भावना छ । सन्जु स्यामसन र कप्तान स्टिभ स्मिथ प्रमुख ब्याट्सम्यान हुन् । सुरुवाती दुबै खेलमा उत्कृष्ट अर्ध शतक प्रहार गरेका यी दुई ब्याट्सम्यान नचल्दा पराजित हुन पुगेको थियो । विकेटकिपर तथा ओपनर जस बटलरलाई ठूलो इनिङ खेल्न आवश्यक छ ।

रियान परागको स्थानमा अनुराधा जोशीलाई मौका दिन सक्छ । बेंगलोरबिरुद्ध ४७ रन जोडेका महिपाल लोमरोरले मध्यक्रममा केहि आशा देखाएका छन् । जोफ्रा आर्चर बलिङ हतियार हुन् ।

यता मुम्बईमा टोली परिवर्तनको सम्भावना कम छ । कप्तान रोहित शर्मा, हार्दिक पान्ड्या र काइरन पोलार्ड राम्रो लयमा छन् । जुन मुम्बईका प्रमुख हतियार हुन् । जस्प्रित बुमराह र ट्रेन्ट बोल्ट बलिङ हतियार हुन् । पान्ड्या र पोलार्डको लयलाई रोक्न सक्नुपर्ने चुनौती राजस्थानका बलर सामु छ । आइपिएलमा यी दुई टोलीबीच कुल २३ खेल भएको छ ।

मुम्बई ११ खेलमा विजयी हुँदा ११ खेलमा पराजित भएको छ । जसमा एक खेलको नतिजा बिहिन छ । पछिल्लो चार खेलमा मुम्बईले राजस्थानलाई हराउन सकेको छैन । मुम्बईले राजस्थानलाई अन्तिम पटक सन् २०१५ मा पराजित गरेको थियो ।