हालसम्म राप्रपाले जित्यो १९ वडा
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विभिन्न स्थानीय तहअन्तर्गतका वडाहरूमा हालसम्म १८ वडामा विजयी भएको छ ।
अहिलेसम्मको मतपरिणामअनुसार राप्रपाले देशभरका विभिन्न पालिकाका १९ वटा वडामा विजयी भएको हो ।
त्यस्तै राप्रपाले केही पालिकामा अग्रता बनाएको छ भने केही पालिकामा कडा प्रतिस्पर्धा गरिरहेको छ ।
यी हुन् राप्रपा विजयी भएका विभिन्न पालिकाका वडाहरू:
१. चितवनको माडी नगरपालिका ८ को वडा अध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी र प्यानल निर्वाचित ।
२. नवलपरासीको रामग्राम-३ को वडा ध्यक्षमा उज्ज्वल न्यौपाने र प्यानल निर्वाचित ।
३. नवलपरासीकै प्रतापपुर-३ को वडा अध्यक्षमा रामनरेश यादव र प्यानल निर्वाचित ।
४. कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ५ मा अध्यक्ष केशव खत्री र प्यानल निर्वाचित ।
५. कपिलवस्तुको कृष्णनगरमा १ मा अध्यक्ष टुङ्गनाथ चौधरीको प्यानलसहित निर्वाचित ।
६. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ मा अध्यक्ष लक्ष्मण मेहता र प्यानल निर्वाचित ।
७. रुपन्देहीको रोहिणी गाउँपालिका १ को अध्यक्ष पदमा अलि पठान (मुक्त्तर अहमद पठान)को प्यानल निर्वाचित ।
८. चितवनको माडी नगरपालिका १ को अध्यक्ष पदमा अमित लामा र प्यानल निर्वाचित ।
९. सिद्धार्थनगर नगरपालिका २ को अध्यक्ष पदमा छेदीलाल श्रीवास्तवलगायत प्यानल निर्वाचित
१०. नवलपरासी, रामग्राम १ को अध्यक्षमा राप्रपाका रुद्रप्रसाद सिंहलगायत प्यानल निर्वाचित ।
११. डोटीको के.आई. सिंह गाउँपालिका ७ को अध्यक्षमा दिलबहादुर बलायरको प्यानल नै निर्वाचित ।
१२. बैतडीको सुर्नया गाउँपालिका २ मा गणेशबहादुर विष्टको प्यानल नै निर्वाचित ।
१३. पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ का अध्यक्ष उमेश कार्की र प्यानल विजयी ।
१४. धादिङको खनियाबास गाउँपालिका १ वडाध्यक्षमा राप्रपाका सोनाम तामाङ विजयी ।
१५. रुपहेन्दीको ओमसतिया बेलबहादुर बरालसहित प्यानल विजयी ।
१६. कञ्चनपुरको दोधारा चाँदनी १ को वडाध्यक्ष विक्रम चन्दसहित प्यानल विजयी ।
१७. धादिङको खनियाबास २ मा अध्यक्ष अरुण तामाङ र प्यानल विजयी ।
१८. रुपन्देहीको सियारी गाउँपालिका १ मा अध्यक्ष अरुण शाहीको प्यानल विजयी
१९. राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको वडा (झापाको हल्दिबारी १) मा राप्रपाको वडाध्यक्ष देवी थापासहित प्यानल निर्वाचित । गाउँपालिका अध्यक्षमा रवीन्द्र लिङ्देनको अग्रता कायम ।