राप्रपाबाट दिक्क भईन रेखा थापा - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

राप्रपाबाट दिक्क भईन रेखा थापा



काठमाडौं– चर्चित अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले राप्रपादेखि वाक्क भएको बताएकी छन् । पार्टीको निर्णयप्रति असहमति जनाउँदै उनले आक्रोश ब्यक्त गरेकी छन् ।

राप्रपाको शनिबार बसेको बैठकले यसअघि गठन गरिएको सचिवालय कार्यव्यवस्था समिति खारेज गरेको थियो। थापा तत्कालीन राप्रपा नेपालकी केन्द्रीय सदस्य हुन्। राप्रपाका तीन अध्यक्ष प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर राणा र कमल थापाले गरेको निर्णयप्रति थापाले आपत्ति जनाउँदै उनले लामो स्टाटस लेखेकी छन्।

थापाले पार्टीको निर्णयबारे फेसबुकमा लामो टिप्पणी लेख्दै महिलालाई बहिष्कार गरेको बताएकी छन्। राप्रपामा प्रवेश गर्नुअघि थापा तत्कालीन माओवादी पार्टीमा आबद्ध थिइन्।

यस्तो छ रेखा थापाको टिप्पणी

कुन चाँही रा.प्र.पा ले देश हाक्ने हो? त्यो रा.प्र.पा जस्ले देशमा को को मान्छे बस्छन थाहा पाएको हुन्छ, न्युनतम लैङ्गिक साक्षरता राख्छ, मौलिक बैचारिक नमुना पेश गर्छ, सभ्यताको माग अनुसार ईतिहासलाई उन्नत व्याख्या गर्छ, युवा र श्रमिक वर्गमा स्थापित हुँदै जान्छ र संस्थालाई लोकतान्त्रिकरण गर्छ ।
वा
त्यो रा.प्र.पा जो महिलालाई बहिष्करणको नमुना देखाउछ, मजदुर, किसान, श्रमिक र युवा सँग डराउछ, बिरासतको रुपमा राजनीतिलाई कोठे बनाउछ, बहसमा उत्रिदैन- सम्झौताबादी राजनीति गर्छ, अबैज्ञानीक रुपमा पार्टी सन्चालन गर्छ, आत्मसुरक्षा भन्दा अरु सोच्दैन र सधैं रक्षात्मक सोचले ग्रस्त हुन्छ, जनप्रीय मान्छे लत्याउने र आर्थिक हैषियतमा निर्णय गर्दछ।

कुन चाँही रा.प्र.पा बैकल्पिक शक्ती बन्ने हो? कुन चाँही रा.प्र.पा मौलिक रुपमा सबैको पार्टी हो ? कुन चाँही रा.प्र.पा उदाउदो रा.प्र.पा हो ? कुन चाँही रा.प्र.पा नाम मात्रको पार्टी हो ? कुन चाँही रा.प्र.पा व्यबहार मा- बयस्क र रिटायर्डहरुको सरोकार समुह मात्र हो? कुन रा.प्र.पा हामी सबैको रा.प्र.पा हो?