विभिन्न दल छोडेर युवाहरू राप्रपामा प्रवेश - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

विभिन्न दल छोडेर युवाहरू राप्रपामा प्रवेश



काठमाडौं- राप्रपाको नीति र सिद्धान्त आवश्यक रहेको भन्दै शनिबार १७ युवाहरुले राप्रपा प्रवेश गरेका छन् । पाँचथरमा विभिन्न दल परित्याग गरी युवाहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका हुन् ।

राप्रपामा प्रवेश गरेका ति युवाहरूलाई पार्टीमा स्वागत गरिएको थियो । पार्टीका कार्य सम्पादन समिति सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष सगुन सुन्दर लावतीले युवाहरूलाई राप्रपामा स्वागत गरेका थिए ।

‘राजा सहितको प्रजातन्त्र उन्नत प्रजातान्त्रिक पद्धति हो । नर्वे, डेनमार्क, बेलायत, जापान, क्यानाडा जस्ता देश सहितका विश्व अभ्यास र अनुभवले प्रमाणित गरेको यथार्थ हो । आजको सन्दर्भमा युवा तरुणले नेपालमा यो सत्य र आवश्यकतालाई आत्मसात गरेका छन्,’ फिदिम नगरपालिका परिषद भेलालाई सम्बोधन गर्दै भने ।

नगर परिषदले नन्द विक्रम लावतीलाई फिदिम नगरपालिकाको अध्यक्ष पदम निर्वाचित गरेको छ । नगर परिषदको भेलाले पार्टीलाई एक ढिक्का राख्न विधी र विधानलाई अक्षरक्षः पालना गर्नु पर्ने, पछिल्लो समय मौलाएको पार्टी एकता र हित विपरीत प्रवृत्तिको अन्त्य गर्नु पर्ने निष्कर्ष लिएको छ ।

शनिबार वर्तमान परिवेशमा राप्रपाको नीति र सिद्धान्त आवश्यक रहेको भन्दै १७ युवाहरुले राप्रपाको सदस्यता ग्रहण गरेका हुन् ।