राप्रपामा पनि नातावाद: लिङ्देनले आफ्नै भाइलाई पालिका अध्यक्षमा जिताए - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

राप्रपामा पनि नातावाद: लिङ्देनले आफ्नै भाइलाई पालिका अध्यक्षमा जिताए



ठूला पार्टीमा आफन्त, नाताबाद र कृपावाद हाबी हुँदा राप्रापामा पनि यस्तो देखिएको छ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै भाईलाई गाउँपालिका अध्यक्षमा जिताएका छन् ।

लिङ्देनको गृहपालिका हल्दीवारी गाउँपालिका राप्रपाले जित निकालेको हो । गाउँपालिका अध्यक्षमा राजेन्द्रका भाइ रवीन्द्रप्रसाद लिङ्देन विजयी भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार विजयी लिङ्देनले ६ हजार ८५६ मत प्राप्त गरे । उनी ०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पनि अध्यक्ष पदम विजयी भएका थिए ।

लिङ्दन दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् । लिङ्देनका निकटतम प्रतिष्पर्धी एमालेका डम्बर बहादुर गिरीले ४ हजार ६६६ मत प्राप्त गरे । यहाँ कांग्रेस तेस्रो स्थानमा रह्यो ।

उपाध्यक्षमा पनि राप्रपानै विजयी भयो । पार्टी उमेदवार लक्ष्मीदेवी मैनालीले ५ हजार ७८ मत प्राप्त गरिन् । दोस्रो स्थानमा रहेकी एमाले नेतृ शान्तदेवी गौतमले ४ हजार १०६ मत प्राप्त गरिन् ।