नयाँ पार्टी: राप्रपा क्रान्तिकारी गठन - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

नयाँ पार्टी: राप्रपा क्रान्तिकारी गठन



काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी क्रान्तिकारी गठन भएको छ। नवगठित पार्टीले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्नो अवधारणा सार्वजनिक गरेको छ।

पार्टीका अध्यक्ष त्रिलोकबहादुर चन्दले संवैधानिक राजतन्त्र, बहुदलीय व्यवस्था, वैद्धिक सनातन हिन्दुराष्ट्र कायम राख्ने उद्देश्यले नयाँ पार्टीको स्थापना गरेको बताएका छन्। उनले भने, ‘तत्कालीन माओवादी र अन्य सात राजनीतिक दलहरूबीच भएको १२ बुँदे सम्झौता धोका हो।

त्यो समयमा भए गरेका उक्त सम्झौताले नेपाललाई पराधिनतामा धकेलेको छ। धार्मिक रूपमा कमजोर बनाउने काम भएको छ।’ संघीयता र धर्म निरपेक्षता देशको लागि हानिकारक भएको बताउँदै अध्यक्ष चन्दले संघीयताले देशलाई विटुलो बनाएको आरोप लगाए। उनले भने ,‘देश विभाजनका रेखाहरू कोरिन थालेको हामीलाई महसुस भएको छ, धर्मको नाममा परधर्मीहरू सल्बलाईरहेका छन्, धर्मको नाममा ब्यापार गर्ने काम भइरहेको छ।’