राप्रपाको कन्तबिजोग ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

राप्रपाको कन्तबिजोग !



काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापालाई रित्याएर सबै पदाधिकारी, नेता कार्यकर्ताहरुले वैकल्पिक बाटो रोज्न थालेपछि राप्रपाको केन्द्रीय कार्यालयमा शून्यता छाएको छ । राप्रपा, राप्रपा प्रजातान्त्रिक राष्ट्रवादी अभियानमा होमिएका तीनै पार्टीका इमान्दार र जुझारु युवाहरुलाई मिलाएर छुट्टै पार्टी बनाउनु पर्ने मत ब्यक्त गर्न थालेपछि पशुपति शम्सेर र प्रकाशचन्द्र लोहनीको दलबीच चाँडै एकता हुने भएको छ ।

कमल थापा नेतृत्वको पार्टीबाट ९५ प्रतिशत नेता कार्यकर्ता ल्याउने भन्दै धवलशमशेर राणाले पहल गरिरहेको चर्चा पनि राप्रपामा छ । कमललाई ठेगान लगाउन धवललाई अघि बढाउनेमा कतिपय नेताहरुबीच छलफल चलिरहेको बुझिएको छ ।

‘पछिल्लो समय राप्रा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राष्ट्रवादी अभियान पार्टीबीच एकता गर्ने विषय तातेको छ’, एक नेताले भने ‘बहस ताते पनि ठोस निष्कर्षमा पुग्न भने अझै केही समय लाग्ने देखिएको छ ।’

कमल थापालाई छाडेर एकता गर्न पूर्वपञ्चहरु हौसिरहेको बेला उनी भने निकै नै अत्तालिएको अवस्थामा रहेको स्रोत बताउाछ । स्रोतका अनुसार, थापाको पक्षमा अब केही पाध मात्रै रहने निश्चित नै भएको छ । राजेन्द्र लिंदेन, राजीव पराजुली, उद्धब पौडेललगायत थापासँगै सती जान तयार भए पनि अधिकांश नेता र कार्यकर्ता उनीहरुसँग बिरक्त बनेको राप्रपाको एक नेताले बताए । आजको साँघु साप्ताहिकबाट ।