राप्रपाका प्रभावशाली तीन नेता एमालेमा प्रवेश
काठमामडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छ । राप्रपाका पूर्व केन्द्रीय सदस्य रहेका लुम्बिनी प्रदेशका तीन जना नेताहरु बुधबार नेकपा एमालेमा प्रवेश गरेका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजेन्द्र पाण्डे, नारायण आचार्य र नवीन पौडेल एमालेमा प्रवेश गरेका हुन् । राजेन्द्र पाण्डे र नविन पौडेल रुपन्देहीका हुन् भने नारायण आचार्य भने अर्घाखाँचीका हुन् ।
तीन जना नेताहरुलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्री मणि थापाले पार्टीमा स्वागत गरेका छन् ।