राप्रपाबाट कांग्रेस प्रवेश गरेका थापा समूहले पाए ५५ महासमिति सदस्य (सूची सहित) - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

राप्रपाबाट कांग्रेस प्रवेश गरेका थापा समूहले पाए ५५ महासमिति सदस्य (सूची सहित)



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट कांग्रेसमा प्रवेश गरेका सुनिल थापा समुहलाई कांग्रेसले ५५ जना महासमिति सदस्य दिएको छ ।

राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका थापालाई सहमहामन्त्रीसहित उनी पक्षका नेतालाई महासमिति सदस्य दिने निर्णय केन्द्रीय समितिबाट पहिले नै भएको थियो।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टी समायोजन गर्दै महासमिति सदस्य बनाएको हो । कांग्रेसमा नीति निर्माण तथा विधान निर्माण गर्ने कार्य महासमिति सदस्यहरूबाट हुन्छ।

गत वर्ष साउनमा थापासहित राप्रपा छाडेर केही नेता कांग्रेस प्रवेश गरेका थिए। पार्टीको महाधिवेशनको तयारी चलेपछि उनीहरूलाई पूर्वसहमति अनुसार महासमिति सदस्य दिइएको हो ।

यस्तो छ नामावली