राप्रपाद्वारा राष्ट्रियसभा निर्वाचन बहिस्कार गर्न ‘ह्वीप’ जारी - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

राप्रपाद्वारा राष्ट्रियसभा निर्वाचन बहिस्कार गर्न ‘ह्वीप’ जारी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना स्थानीय तहका जनप्रतिनिधि र प्रदेशसभा सदस्यलाई राष्ट्रियसभा सदस्यको निर्वाचन बहिस्कार गर्न ह्वित जारी गरेको छ ।

आफ्ना स्थानीय तहका जनप्रतिनिधि र प्रदेशसभा सदस्यलाई राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्न आह्वान गर्दै राप्रपाले विज्ञप्ति जारी गरेको छ ।

राप्रपाले आज विज्ञप्ति जारी गरी प्रदेश नम्बर–१ बाहेक अन्यत्र आफ्नो पार्टीका उमेदवार नभएको भन्दै उमेदवार नभएका प्रदेशमा मतदान नगर्न आह्वान गरेको हो । राप्रपाले प्रदेश–१ मा भने आफ्ना उमेदवारलाई मतदान गर्न भनेको छ ।

“यही माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनमा प्रदेश नम्बर–१ मा पार्टीका उमेदवारहरू अम्बरबहादुर बिष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिने,” राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतमा बसेको बैठकको निर्णयानुसार भन्दै विज्ञप्तिमा भनिएको छ, “र, अन्य प्रदेशहरूमा पार्टीको उमेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरियो ।”