रोशनी शाही पुगिन उच्च अदालत: के होला अब ? - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

रोशनी शाही पुगिन उच्च अदालत: के होला अब ?



काठमाडौं- बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई अदालतको आदेश बदर गर्न माग गर्दै रोशनी शाही उच्च अदालत पाटन पुगेकी छन्। अदालत पुगेर निवेदन दर्ता गराएको जनाइएको छ ।

महरालाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बेरीतको भएको भन्दै महराबाटै बलात्कृत भएकी भनिएकी शाहीले दुई दिनअघि उच्च अदालत पाटनमा निवेदन दिएकी हुन् ।

उच्च अदालत पाटनका अनुसार रोशनीको सो निवेदनलाई अदालत प्रशासनले दरपीठ (दर्ता गर्न अस्वीकार) गरिदिएको छ ।

रोशनीले निवेदनमा महराविरुद्धको जाहेरीमा आफूलाई जबर्जस्ती हस्ताक्षर गर्न लगाएको, जिल्ला अदालतले थुनामा राख्न गरेको आदेश कानुनसम्मत नभएको लगायतका कारण उल्लेख गर्दै थुनामा राख्ने आदेश बदर गर्न माग गरेकी छन् ।

निवेदनलाई प्रशासनले दरपीठ गरेपछि रोशनी दरपीठ आदेशविरुद्ध आज इजलासमा निवेदन दिन पुगेकी छन् । रजिष्ट्रार दाहालका अनुसार उनको निवेदन भोलि इजलासमा पेश हुनेछ ।

दाहालले जाहेरीकर्ता स्वयं आदेशविरुद्ध निवेदन दिन आएका कारण अदालत प्रशासनले दर्ता अस्वीकार गरेको बताउँछन् ।दरपीठविरुद्धको निवेदनलाई इजलासले बदर गरे रोशनीको निवेदन उच्च अदालत पाटनमा दर्ता हुनेछ ।

प्रशासनले गरेको दरपीठ आदेशविरुद्ध इजलासमा निवेदन दिन सकिने कानुनी व्यवस्थालाई टेकेर रोशनीले निवेदन दिएकी हुन् ।महराले थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध गत ५ मंसिरमा उच्च अदालत पटनमा निवेदन दिइसकेका छन् ।