रोनाल्डोको सम्पत्ति, लगानी र खर्च यस्तो छ ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

रोनाल्डोको सम्पत्ति, लगानी र खर्च यस्तो छ !



पोर्चुगल तथा पोर्चुगलका स्टाइकर क्रिस्टियानो रोनोल्डो विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडीहरुको सुचीमा पर्छन् । मध्यम वर्गिय परिवारमा हुर्केका उनले सुरुका दिनमा धेरै नै दुख देखेका थिए । उनकी आमा अरुको घरमा खाना पकाउने काम गर्थिन् भने बुबा नगरपालिकामा मालीको काम गर्थे ।

व्यवसायिक फुटबल खेल्न थालेपछि उनको जीवनमा क्रमिक सुधारका दिनहरु देखिन थाले । म्यानच्यास्टर युनाइटेड क्लबबाट सफलता पाएपछि उनले रियल मड्रिड क्लब जाने निधो गरे । विश्कै सबैभन्दा महँगो खेलाडी बन्दै उनी रियल मड्रिड गए । हाल उनी इटालियन क्लब युभेन्ट्समा आवद्ध रहेका छन् ।

रोनाल्डोको हाल ५६ मिलियन डलर तलब रहेको छ । उनले इण्डोर्समेन्टबाट ३२ मिलियन डलर कमाउने गर्छन् । उनको बार्षिक आम्दानी ८८ मिलियन डलर रहेको छ । उनको नेटवर्थ २८० मिलियन डलर रहेको छ ।

उनी कारका निकै सौखिन व्यक्ति हुन् । उनीसँग १९ वटा कारहरु रहेका छन् ।

कारहरु

लाम्बोर्गिनी एभेनटाडोर एल्पी ७००–४ः ३,२०,००० अमेरिकी डलर

फेरारी ५९९ जिटिओ–३,८५,००० अमेरिकी डलर

बुगाटी भेरोन–१.७ मिलियन डलर

बेन्टले जिटी स्पोर्ट–३,२०,००० अमेरिकी डलर

प्राइभेट जेट

गल्फस्ट्रिम जि२००–२०.१८ मिलियन डलर

घडी

ट्याग हिउर कारिया हिउर ०१ रोज गोल्ड–१०,१७३ अमेरिकी डलर

घर र अन्य सम्पत्तिहरु

मड्रिडमा म्यानसन–७.२ मिलियन डलर

एल्डरली एड्ज म्यानसन, चेसरी, इंग्ल्याण्ड–६ मिलियन डलर

ट्रम्प टावरमा अपार्टमेन्ट, न्युर्योक–१८.५ मिलियन डलर

होलिडे म्यानसन, इजमार, टर्की–३.४४ मिलियन डलर

ग्रीसमा रहेको आयरल्याण्ड–३.४ मिलियन डलर

लगानी र बिजनेश

द पेस्टाना सिआरसेभेन होटल–४० मिलियन डलर (यो होटल चार स्थानमा रहेको छ –माडियारा, लिसबोन, मड्रिड र न्युर्योक)

उनको मोनाकोमा होटल समेत रहेको छ ।

किनेको मुल्य–१३१.६४ मिलियन डलर

सिआरसेभेन फ्यासन ब्राण्ड–यसले विश्वभर सिआरसेभेन फ्यासन ब्राण्डका कपडाहरु बेच्ने काम गर्छ ।

उनले विभिन्न संघसंस्थाहरुलाई मार्फत गरिब पिडित मानिसहरुलाई दान दिदै आइरहेका छन् । उनले सन् २०११ मा आफ्नो गोल्डेन बुट बेच्दै गाँजाका विद्यार्थीहरुका लागि १.६ मिलियन अमेरिकी डलर सहायता गरेका थिए । उनको सामाजिक सञ्जालमा २१५ मिलियनभन्दा बढी फलोर्सहरु रहेका छन् ।