रोनाल्डो ८.८ करोड पाउण्डमा युभेन्टस गए - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

रोनाल्डो ८.८ करोड पाउण्डमा युभेन्टस गए



म्याड्रिड  – पार्चुगाली राष्ट्रिय टिमका कप्तान तथा स्पेनिस क्लब रियल म्याड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छाड्ने पक्का भएको छ ।

केहि समययता उनले रियल छाड्न लागेको चर्चा चलिरहेको बेला क्लबले यसबारे आाधिकारिक जानकारी दिएको हो ।

रियलले एक विज्ञप्तिमार्फत रोनाल्डो  युभेन्टसमा जान लागेको जनाउँदै यसबारे युभेन्टससँग सम्झौता भएको समेत बताएको छ ।  उनी ८.८ करोड पाउण्डमा युभेन्टस जाने गरी पाँच वर्षका लागि सम्झौता भएको विज्ञप्तिमा उल्लेख छ ।

रोनाल्डोले रियलका लागि ४३८ खेलमा ४५१ गोल गरेका छन् भने क्लबका लागि १६ खेल पनि जिताएका छन् ।