युभेन्टसलाई रोनाल्डोमाथि यस्तो बिस्वास ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

युभेन्टसलाई रोनाल्डोमाथि यस्तो बिस्वास !



क्रिष्टियानो रोनाल्डोले युभेन्टसलाई अर्को स्तरमा लैजान उनको टिमका साथी खेलाडीले बताएका छन् ।

युभेन्टसका डुग्लस कोस्टाले रोनाल्डोको प्रशंसा गर्दै सिरी ए क्लबलाई अहिलेको भन्दा पनि माथिल्लो स्तरमा लैजाने क्षमता उनमा रहेको बताएका हुन् ।

ब्राजिलियन कोस्टाका अनुसार रोनाल्डोले युभेन्टसलाई युरोपको च्याम्पियन बनाउने छन् । रोनाल्डो गएको महिना ११२ मिलियन युरोमा युरोपियन च्याम्पियन रियल मड्रिडबाट युभेन्टस आएका हुन् ।

कोस्टाले भने, ‘रोनाल्डो माथिल्लो स्तरमा छन्, तर उनी आफ्नो स्तरलाई अर्को लेभलमा लैजान चाहन्छन् । उनीसँग युभेन्टसलाई अर्को लेभलमा लैजानका लागि चाहिने सबै कुरा छ ।’

रोनाल्डोसँग क्लबमा पाउलो डिबालासहितका खेलाडी हुनु थप बलियो पक्ष रहेको उनले बताए ।