रोनाल्डोले युभेन्ट्स क्लब छोड्न सक्ने खुलासा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रोनाल्डोले युभेन्ट्स क्लब छोड्न सक्ने खुलासा



एजेन्सी । युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबारे इटालियन मिडियामा ठुलै चर्चा चलेको छ । मिडिया रिपोर्टका अनुसार च्याम्पियन्स लिगमा युभेन्ट्स बाहिरिएपछि रोनाल्डोले एक अर्को सिजन अगावै क्लब छोड्न सक्छन् ।

यस सिजन उच्च फर्ममा रहेका रोनाल्डोले च्याम्पियन्स लिगमा सानदार खेल खेलेका थिए ।

एट्लेटिको मड्रिडविरुद्धको खेलमा उनले गरेको प्रदर्शनले सबैलाइै आश्चर्य चकितमा पारेको थियो । आयाक्सविरुद्धको खेलमा पनि उनले उत्कृष्ट खेल खेलेका थिए जसमा उनले दुई गोल गरेका थिए ।

तर, खेलमा गोल गरेता पनि युभेन्ट्सले खेल जित्न नसक्दा युभेन्ट्स च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यस सिजन युभेन्ट्सले च्याम्पियन्स लिग जित्ने धेरैले अनुमान गरेका थिए ।

तर, एकाएक बाहिरिएपछि रोनाल्डो युभेन्ट्स छोड्ने हल्ला पनि उत्तिकै रहेको छ । क्लबले सुधारका काम नगरे चारवर्षका लागि अनुबन्धित रोनाल्डो समय अगावै क्लब छोड्ने तयारीमा रहेको बताइएको छ ।