रोनाल्डोसंग क्यानले मागे माफी - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

रोनाल्डोसंग क्यानले मागे माफी



इटालियन क्लब युभेन्टसका एमरी क्यानले च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भ्यालेन्सियासँगको खेलमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोलाई रातो कार्ड देखाइएपछिको आफ्नो कमेन्टमा विवाद भएपछि माफी मागेका छन् । आफ्नो कमेन्टमा महिलालाई अपमानित गर्ने वा होच्याउने कुनै उद्देश्य नरहेको क्यानले बताएका छन् ।

भ्यालेसिन्याका जिएसन मुरिलोको कपाल तानेकोमा रोनाल्डोलाई रेफ्रीले रातो कार्ड देखाएका थिए। यो खेलमा युभेन्टस २–० ले विजयी भयो । खेलपछि रोनाल्डोलाई देखाइएको रातो कार्डबारे क्यानले भनेका थिए, ‘हामी महिला होइनौँ, हामीले फुटबल खेलिरहेका थियौँ ।’

उनको यो भनाईको सामाजिक सञ्जालमा विरोध भयो र प्रतिबन्धको माग चर्कियो । विवाद बढ्दै गएपछि क्यानले आफ्नो भनाईको उद्देश्य महिलालाई होच्याउने वा लिंगका आधारमा हिंसा गर्ने नरहेको बताएका हुन् । उनले माफी माग्दै भनेका छन्, ‘जसले मलाई चिनेका छन् उनीहरुलाई थाहा छ कि महिलाप्रति मेरो सम्मान के छ भनेर ।’

उनले बिहीबार इन्स्टाग्राममा स्पष्टिकरण पोस्ट गर्दै भनेका छन्, ‘त्यो प्रतिक्रिया न महिलाप्रति लक्षित थियो न त महिलाको अपमान गर्नमा, महिला फुटबल वा कुनै पनि किसिमको समानताको अपमान गर्नु उद्देश्य थिएन ।’

आफ्ना साथी खेलाडीमाथि गरिएको खराब निर्णय र त्यसले टिमको खेलमा पार्न सक्ने प्रभावकारे आफ्नो प्रतिक्रिया रहेको २४ वर्षका क्यानले स्पष्ट पारेका छन् । उनले आफ्नो प्रतिक्रियाले कुनै पनि अर्थमा कसैलाई पनि असजिलो भएको भए गम्भीर रुपमा माफी चाहेको उल्लेख गरेका छन् ।