रोनाल्डोकै शीर्ष ५ मा रोनाल्डो नै परेनन् - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

रोनाल्डोकै शीर्ष ५ मा रोनाल्डो नै परेनन्



एजेन्सी – ब्राजिलियन फरवार्ड रोनाल्डो नाजारियो विश्वका सर्वोत्कृष्ट खेलाडीमध्यमा गनिन्छन् । राष्ट्रिय टोलीबाट विश्वकप जितेका उनले क्लब फुटबलमा पनि प्रभाव जमाउँदै ब्यालोन डी’ओर पनि हात पारे ।

यिनै रोनाल्डोले वर्तमान फुटबलका ५ सुपरस्टार खेलाडीको नाम लिने क्रममा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई भने आफ्नो सुचिमा समावेश नै गरेनन् । स्पेनिस संचारमाध्यम एएसलाई अन्तर्वार्ता दिने क्रममा उनले रोनाल्डोलाई आफ्नो शीर्ष ५ सुचिमा राखेनन् । रोनाल्डोको अनुसार हाल विश्वका उत्कृष्ट पाँच खेलाडीमा लिओनेल मेसी, इडेन हाजार्ड, मोहमद सलाह, नेयमार र किलियन एम्बाप्पे रहेका छन् ।

‘सर्वोत्कृष्ट खेलाडी त मेसी नै हुन् । उनी नम्बर १ नहुनेमा दुइमत नै छैन । मेसीजस्तो खेलाडी २०-३० वर्षको अन्तरमा एकजना मात्र देख्न पाइन्छ,’ उनले थपे, ‘ त्यसपछि सलाह, हाजार्ड, नेयमार अनि त्यसपछि मलाई निकै मन परेको एम्बाप्पे हुन् ।’

रोनाल्डोले एम्बाप्पेलाई आफ्नो जमानाका खेलाडीबाहेक अन्यसँग दाँज्नु नहुने पनि उनले बताए । ‘एमबाप्पे र मेरो खेल्ने शैली उस्तै छ भन्नु ठिक हो । तर दुइ फरक समयमा खेल्ने खेलाडीलाई दाँज्नु हुँदैन । खेल्ने स्तर र शैली नै धेरै फरक भैसकेको छ,’ रोनाल्डोले थपे ।

रोनाल्डोका अनुसार विश्वको उत्कृष्ट लिग पनि स्पेनिस लिग नै हो । प्रिमियर लिग टेलिभिजनको रकम र समर्थक संख्याको आधारमा अगाडी रहेपनि उत्कृष्ट खेलाडी ला लिगामा खेल्ने भएकाले यो लिग नै विश्वकै उत्कृष्ट रहेको दावी उनले गरे ।