पहिलो खेलमै रोनाल्डोलाई ‘रेडकार्ड’ - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

पहिलो खेलमै रोनाल्डोलाई ‘रेडकार्ड’



एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले भ्यालेन्सियालाई पराजित गरेको छ । लिग अन्तर्गत बिहान सकिएको समूह एच अन्तर्गतको पहिलो खेलमा युभेन्ट्सले भ्यालेन्सियालाई २–० को गोलले पराजित गरेको हो । भ्यालेन्सियाको घरेलु मैदानमा पराजित गर्न युभेन्ट्सका मिरालिम पजनिकले दुई गोल गरे । उनले दुबै गोल पेनाल्टीमा गरेका थिए । खेलको ४५ औं मिनेटमा पेनाल्टी बललाई गोलमा परिणत गरेका मिरालिमले नै ५१ औं मिनेटमा अर्को गोल थपे ।

भ्यालेन्सीयाका ड्यानियलले खेलको अन्तिममा पाएको पेनाल्टीमा गोल गर्न सकेनन् । मिरालिमको पेनाल्टीको दुइ गोलसँगै युभेन्ट्सले समुहको पहिलो खेलमा जित निकालेको छ । यसैसिजन रियल मड्रिडबाट युभेट्स गएका रोनाल्डोका लागि पहिलो खेल फलदायी हुन सकेन । खेलको ३२ औं मिनेटमा रातो कार्डको सामना गरेका उनले मैदान छोड्नुपरेको थियो ।  पहिलो हाफमा १० खेलाडीमा सीमित युभेन्ट्सविरुद्ध घरेलु टोलीले गोल गर्न सकेन ।