निको भए रोनाल्डो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

निको भए रोनाल्डो



ब्राजिलका लेजेण्ड फुटबलर रोनाल्डो निमोनियाको उपचारपछि अस्पतालबाट घर फर्किएका छन् ।

विश्वकप विजेता ब्राजिलका रोनाल्डोलाई निमोनियाको संक्रमण भएपछि स्पेनको आइल्याण्ड इबिजामा रहेको अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

४१ रोनाल्डोलाई अस्पतालले मंगलबार डिस्चार्ज गरेको हो । रोनाल्डो निको भएर मंगलबार अस्पतालबाट बाहिरिएको उनकी प्रेमिका सेलिनाले बताएकी छन् ।

रोनाल्डोले उपचारमा संलग्न डाक्टर, नर्स तथा सद्भावका लागि फ्यानलाई धन्याबाद दिएका छन् । रोनाल्डो गएको शुक्रबार अस्पताल भर्ना भएका थिए ।

रोनाल्डोसहितको ब्राजिलियन टिमले सन् २००२ मा जर्मनीलाई हराएर विश्वकपको उपाधि उचालेको थियो । उनले ब्रालिका लागि ६२ गोल गरेका छन् ।

रियल मड्रिड, बार्सिलोना, इन्टरमिलान तथा एसी मिलानका पूर्व खेलाडी रोनाल्डोको क्यान मिसेस हस्पिटलमा उपचार भएको हो । रोनाल्डोले सात वर्षअघि फुटबलबाट खेलाडीका रुपमा सन्यास लिएका थिए