रोनाल्डोलाई पछि पार्दै मेस्सी बने सर्वाधिक कमाउने खेलाडी - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

रोनाल्डोलाई पछि पार्दै मेस्सी बने सर्वाधिक कमाउने खेलाडी



एजेन्सी- बार्सिलोनाका लियोनल मेसी सन् २०२० मा फुटबलमा सर्वाधिक कमाउने खेलाडी भएका छन् । फोर्ब्सका अनुसार उनको वार्षिक आम्दानी १२ करोड ६० लाख डलर रह्यो । युभेन्टसका क्रिस्टियानो रोनाल्डो ११ करोड ७० लाख डलर कमाइसँगै दोस्रो स्थानमा रहे ।

यस्तै तेस्रो स्थानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) नेयमार छन् । चौथो स्थानमा पीएसजीकै अर्का खेलाडी केलियन एमबापे छन् । सर्वाधिक कमाउने फुटबल खेलाडीको सूचीमा इंग्लिस प्रिमियर लिगका तीन खेलाडी परेका छन्, मोहम्मद सलाह, पउल पोग्बा र डेविड डि गेया ।

यस्तै शीर्ष दसमा रियल म्याड्रिडका फरवार्ड गेराथ बेल पनि रहेका छन् । तर बेलका लागि पछिल्लो सिजन व्यक्तिगत प्रदर्शनमा निराशाजनक रह्यो ।

सन् २०२० मा सर्वाधिक कमाउने फुटबलका १० खेलाडी

१. लियोनल मेसी– १२ करोड ६० लाख डलर

२. क्रिस्टियानो रोनाल्डो– ११ करोड ७० लाख डलर

३. नेयमार– ९ करोड ६० लाख डलर

४. केलियन एमबापे– ४ करोड २० लाख डलर

५. मोहम्मद सलाह– ३ करोड ७० लाख डलर

६. पउल पोग्बा– ३ करोड ४० लाख डलर

७. एन्टोन ग्रिजमन– ३ करोड ३० लाख डलर

८. गेराथ बेल– २ करोड ९० लाख डलर

९. रोबर्ट लेवनडोस्की– २ करोड ८० लाख डलर

१०. डेभिड डि गेया– २ करोड ७० लाख डलर