रोनाल्डोको घमण्ड र दबदबा यसरी तोडे मेस्सीले - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

रोनाल्डोको घमण्ड र दबदबा यसरी तोडे मेस्सीले



(एजेन्सी)– बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीले च्याम्पियन्स लिगमा युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डाको दबदबालाई तोडेका छन् । मेस्सीले रोनाल्डोको दबाबलाई तोड्दै यो वर्ष च्याम्पियन्स लिगको गोल्डेन बुट जितेका छन् ।

३१ वर्षे मेस्सीले युरोपियन च्याम्पियन्स लिगमा १२ गोल गर्दै आफुलाई हकदार बनाउँदा लगातार छ पटक गोल्डेन बुट जितेका रोनाल्डो यो सिजन पछि परेका छन् । गोल्डेन बुट अर्जेन्टिनाका कप्तान मेस्सीको यो वर्षको तेस्रो अवार्ड हो । उनले यसअघि युरोपियन गोल्डेन सु र पिचिची ट्रफी जितेका थिए ।

सिजनको सुरुवातमा रोनाल्डो युभेन्ट्स पुगेको थियो । उनी पहिलो वर्ष नै सिरि एको उत्कृष्ट खेलाडी चुनिएका थिए । उनको टोली सिरिए च्याम्पियन बनेको थियो । यद्दपी विगतका वर्षहरुमा भन्दा यसपटक रोनाल्डोको गोल संख्या भने घटेको छ । उनले यो सिजन ४३ खेलमा २८ गोल मात्र गरे ।

मेस्सी र रोनाल्डोले गरि बालोन डी ओर १० पटक जितेका छन् । यी दुई बीच फेरि एक बालोन डी ओरका लागि पतिस्पर्धा गर्नेछन् । च्याम्पियन्स लिग विजेता लिभरपुलका भर्जील भान डाइकले मेस्सीलाई बोलोन डी ओरको मुख्य दाबेदारका रुपमा रहेको बताएका छन् ।

मेस्सी, रोनाल्डोबाहेक लिभरपुलका मोहम्मद सलाह र साडियो मानेलाई पनि बालोन डी ओरको दाबेदारका रुपमा हेरिएको छ ।

मेस्सीको यो सिजन
– च्याम्पियन्स लिग उच्च गोलकर्ता
– ला लिगा सर्वाधिक गोलकर्ता
– ला लिगामा सर्वाधिक असिस्ट गर्ने खेलाडी
– ४९ मध्ये ४२ खेलमा पहिलो रोजाईमा
– गोल संख्या – ५०
– एसिस्ट – १९
– ह्याट्रिक – ४
– फ्रिकिक गोल – ८
– ला लिगा विजेता
– कोपा डेल रे (फाइनल)
– गोल्डेन बुट विजेता २०१८÷१९