रोनाल्डोले रियल मड्रिडका लागि लेखेको भावुक पत्र यस्तो छ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रोनाल्डोले रियल मड्रिडका लागि लेखेको भावुक पत्र यस्तो छ



मड्रिड सहर र रियल मड्रिड क्लबमा मैले बिताएको समय सम्भवतः मेरो जीवनकै सबैभन्दा खुसीको क्षण हो । क्लब, समर्थक र पूरा मड्रिड सहरले म प्रति देखाएको सद्भाव र माया प्रति आभार व्यक्त गर्दछु ।

यद्यपि आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्ने समय आएको महसुस गरेर नै मैले क्लबलाई युभेन्टस जानका लागि बाटो खुला गरिदिन भनेको थिएँ । मैले यहाँ जीवनको उत्कृष्ट नौ वर्ष बिताउन पाएँ । त्यो नौ वर्ष मेरो जीवनकै महत्वपूर्ण समय समेत थियो । क्लबमा बिताएको समय निकै रोमाञ् चक थियो, एकपछि अर्को सफलता थियो र क्लबको उच्च अपेक्षाका कारण कुनै समय निकै कठिन पनि थियो । तर, यहाँ फुटबल खेल्दा म जति रमाएँ त्यति कतै पनि रमाउन सक्नेछैन ।

माया गर्ने टिमका साथीहरुँग ड्रेसिङ रुम र मैदानमा सँगै खेल्न पाएँ । समर्थकहरुको माया र टिमका साथीहरुको सहयोगका कारण हामीले लगातार तीन पटक र पाँच वर्षको अन्तरालमा चारवटा च्याम्पियन्स लिगको उपाधि उचाल्यौँ । यससँगै व्यक्तिगत रुपमा चार पटक बलोन डी ओर र तीन पटक गोल्डेन सुज जित्दा निकै सन्तुष्ट छु । क्लबमा भएका सबै कुरा महत्वपूर्ण रह्यो ।

रियल मड्रिडले मेरो र परिवारका सदस्यको मन जितेको छ । त्यसैले क्लबप्रति कृतज्ञ छु । सहज रुपमा क्लब सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका अध्यक्ष, क्लबका निर्देशक, सह–खेलाडी, प्रशिक्षण दल, चिकित्सक टोली, फिजियो र कर्मचारीहरु पनि कृतज्ञता व्यक्त गर्दछु ।

स्पेनिस फुटबलसँगै पुनः हाम्रा फ्यानहरुलाई धन्यवाद दिन चाहन्छु । नौ वर्षको अन्तरालमा मैले विश्वका अद्भूत खेलाडीको विपक्षमा रहेर खेल्ने मौका पाएँ । उनीहरु सबै प्रति सम्मान व्यक्त गर्दछु ।

नयाँ अध्याय सुरु गर्नु अघि गम्भीर विचार गरेको थिएँ । तर क्लब छोडे पनि जर्सी, ब्याज र सान्टियागो बर्नाबाउप्रतिको निष्ठा रहिरहनेछ ।

सबैलाई धन्यवाद । नौ वर्षअघि सान्टियागो बर्नाबाउमा टेक्दा जे भनेको थिएँ, त्यही दोहोर्‍याउन चाहन्छु । हाल मड्रिड !

MADRID, SPAIN – FEBRUARY 14: Cristiano Ronaldo of Real Madrid looks on during the UEFA Champions League 2017-18 Round of 16 (1st leg) match between Real Madrid vs Paris Saint Germain at Estadio Santiago Bernabeu on February 14 2018 in Madrid, Spain. (Photo by Power Sport Images/Getty Images)