रोनाल्डो बने पहिलो खेलाडी,राखे यस्तो कृतिमान ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

रोनाल्डो बने पहिलो खेलाडी,राखे यस्तो कृतिमान !



एजेन्सी । युरोपको शीर्ष ५ लिगमा चार सय गोल गर्ने क्रिस्टियानो रोनाल्डो पहिलो खेलाडी बनेका छन् । जेनोआबिरुद्ध १८ औं मिनेटमा गोल गर्दै रोनाल्डोले सो किर्तिमान बनाएका हुन् । इटालियन लिगमा युभेन्टसका लागि उनको यो पाँचौं गोल थियो । यसअघि उनले म्यान्चेस्टर युनाइटेडका लागि ८४ तथा रियल म्याड्रिडका लागि ३११ लिग गोल गरेका थिए ।

लियोनेल मेसीले बार्सिलोनाका लागि ३८९ लिग गोल गरेका छन् । खेलको १८ औं मिनेटमा जोआ क्यासेलोको प्रहार रिबाउन्ड भएपछि त्यसलाई गोलमा परिणत गर्दै रोनाल्डोले युभेन्टसलाई अग्रता दिलाएका थिए । त्यसअघि उनको प्रहार पोष्टमा लागेको थियो । यद्यपि, ड्यानियल बेसाले गोल गर्दै खेल बराबरी गरे ।

यो सिजन युभेन्टसले लिगमा अंक गुमाएको यो पहिलो पटक हो । युभेन्टसले खेलमा पूर्ण नियन्त्रण बनाएपनि जीतबाट बञ्चित रह्यो । खेलमा २१ पटक विपक्षीको पोष्टमा प्रहार गरे पनि तीन वटा मात्र लक्ष्यमा लागेको थियो, जुन सबै रोनाल्डोको थियो । रोनाल्डो एक्लैले विपक्षीको पोष्टमा कूल ११ प्रहार गरेका थिए ।