खेल सकिन ९ मिनेट बाँकी छँदा रोनाल्डोले गरे कमाल ! - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

खेल सकिन ९ मिनेट बाँकी छँदा रोनाल्डोले गरे कमाल !



एजेन्सी । खेल सकिन ९ मिनेट बाँकी छँदा फ्रोसियोनेको प्रतिरोध तोड्दै क्रिस्टियानो रोनाल्डोले युभेन्टसलाई नयाँ सिजनमा शत प्रतिशत नतिजा कायम राख्न सफल भएको छ ।

इटालियन च्याम्पियनले खेलको अधिकांश समय गोलकिपर मार्को स्पोर्टिलोलाई टेस्ट गर्न सकेको थिएन ।

तर, ८१ औँ मिनेटमा पोर्चुगिज फरवार्डले आठ यार्ड टाढाबाट गोल गर्दै युभेन्टसलाई ब्रेक थ्रु दिलाए ।

इन्जुरी समयमा फेडेरिको बर्नार्डेस्चीले युभेन्टसका लागि दोस्रो गोल थपे ।

युभेले खेलमा ७२ प्रतिशत बलमा नियन्त्रण राखेपछि लक्ष्यमा आठपटक मात्र प्रहार गर्न सकेको थियो ।

खेलको पहिलो हाफमा रोनाल्डोको प्रहारलाई गोलकिपर स्पोर्टिलोले उत्कृष्ट बचाउ गरेका थिए ।

जीतसँगै युभेन्टसले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन सफल भएको छ ।

अन्य खेलमा नापोलीले टोरिनोलाई ३–१ गोलअन्तरले पराजित गर्यो भने रोमा बोलोग्नासँग २–० ले स्तब्ध बन्यो ।

लाजियोले जिनोआलाई ४–१ गोलले हराउँदा एसी मिलान भने एटलान्टासँग २–२ को बराबरीमा रोकियो ।