रोनाल्डोको स्वास्थ्य चकित पार्ने खालको - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

रोनाल्डोको स्वास्थ्य चकित पार्ने खालको



क्रिस्टियानो रोनाल्डोले यूभेन्ट्समा आफ्नो स्वास्थ्य जाँच पूरा गरेका छन्। रियल म्याड्रिडबाट १ सय ५ मिलियन पाउण्डमा यसै सिजनमा यूभेन्ट्स अनुबन्ध भएका रोनाल्डोको सम्पूर्ण स्वास्थ्य जाँचको रिपोर्ट सार्वजनिक भएको हो।

२००९ मा म्यानचेस्टर यूनाइटेडबाट ८० मिलियन पाउन्डमा रियल आएका रोनाल्डोले क्लबका लागि सर्बाधिक ४५१ गोल गर्दै कीर्तिमान राखेका थिए भने पछिल्ला पाँच सिजनमा रियल मड्रिडलाई चार पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए।

सम्बन्धित समाचार: रोनाल्डो बने विश्वकै चौथो महँगो खेलाडी

११ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ यूभेन्ट्सले रोनाल्डोका लागि रियल मड्रिडलाई तिरेको हो। योसँगै उनी विश्वका चौथो महँगो खेलाडी बनेका थिए। उनीअघि नेमार, केलियन एम्बाप्पे र फिलिप्पे कौटिन्हो विश्वकै महँगो खेलाडीका रुपमा छन्।

३३ वर्षिय रोनाल्डोको स्वास्थ्य जाँचको नतिजा आश्चार्यजनक पाइएको छ। धेरैले करिअरको उत्तरार्धमा रहेका रोनाल्डोको शक्ति बिस्तारै क्षीण हुँदै गएको आँकलन गरिरहँदा स्वास्थ्य जाँचबाट उनको शारिरिक फिटनेस २० वर्षिय युवकको जस्तै पाइएको छ।

स्वास्थ्य रिपोर्टले उनको शरीरिक क्षमता उनीभन्दा १३ वर्ष कान्छो उमेरका युवाहरुको झै भएको देखाएको छ। उनको शरिर माटोपन, माशंपेसीको शक्ति र गतीका बारेमा अविश्वसनीय तथ्यहरु रिपोर्टमा देखिएका छन्।

रिपोर्टका अनुसार रोनाल्डोको शरिरको मोटोपनको मात्रा सात प्रतिशत मात्रै पाइएको छ। जुन औषत व्यवसायिक खेलाडीको भन्दा तीन प्रतिशत कम हो।

यस्तै रोनाल्डोको माशंपेसीमा ५० प्रतिशत शक्ति देखिएको छ। जुन अन्य व्यवसायिक खेलाडी भन्दा औषत चार प्रतिशत बढी हो।

र, रुस विश्वकपमा रोनाल्डोको उच्च गति ३३.९८ किलोमिटर प्रतिघन्टा मापन गरिएको थियो। जुन अन्तराष्ट्रिय प्रतियोगितामा हालसम्म मापन गरिएका अन्य खेलाडी भन्दा सबैभन्दा उच्च गति हो।