रोनाल्डो घाइते, खेल गुमाउने सम्भावना - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

रोनाल्डो घाइते, खेल गुमाउने सम्भावना



लिस्बन– पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो सोमबार राति भएको युरोपियन च्याम्पियनसिप छनोट खेलमा घाइते भएका छन्।

सर्वियाविरुद्धको खेलमा ३४ वर्षीया रोनाल्डो ३१ मिनेटमा घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए। उनी हामस्ट्रिङको समस्याबाट ग्रसित भएका थिए। त्यसपछि उनको स्थानमा अल्फन्सो फ्रर्नान्डेज मैदान प्रवेश गरेका थिए। खेलमा पोर्चुगल र सर्वियाले १–१ गोलको बराबरी खेले।

रोनाल्डो सहकर्मीले दिएको पास लिने क्रममा घाइते हुन पुगेका थिए। उनको दाँया खुट्टामा समस्या देखिएको छ।

रोनाल्डो घाइते भएसँगै इटालियन क्लब युभेन्ट्सका फ्यान निराश भएका छन्। डच क्लब अजाक्सविरुद्ध आगामी अप्रिल ११ र १७ तारिकामा हुने युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलका लागि रोनाल्डो फिट हुनेमा शंका गर्दै फ्यान तथा क्लब निराश बनेका छन्। यसअघि रोनाल्डोकै उत्कृष्ट प्रदर्शनमा युभेन्ट्सले एट्लेटिको म्याड्रिडलाई हराएर अन्तिम आठमा स्थान पक्का गरेको थियो।

रोनाल्डोले भने छिटै मैदानमा फर्कने विश्वास व्यक्त गरेका छन्। ‘मलाई चिन्ता लागेको छैन। मलाई मेरो शरीर थाहा छ। आगामी १ वा २ सातामा मैदान फर्कनु पर्छ,’ रोनाल्डोले भने।