रोनाल्डो र बिपाशा बसुको काण्ड के हो ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रोनाल्डो र बिपाशा बसुको काण्ड के हो ?



एजेन्सी । सन् २००१ मा आएको फिल्म ‘अजनबी’ बाट बलिउड फिल्मी करिअर सुरु गरेकी बंगाली बिपाशा बसु आजको दिनमा भने चर्ची अभिनेत्रीको रुपमा परिचीत रहेकी छिन् ।

‘राज’ र ‘जिस्म’ जस्ता सुपरहिट फिल्महरु दिएकी बिपाशा आफ्नो हट एण्ड सेक्सी अन्दाजका लागि समेत परिचीत रहेकी छिन् । बिपाशाको हिट फिल्महरु झै उनका विवाद पनि उत्तिकै हिट रहेका थिए ।

कन्ट्रोभर्सीमा उनी एक समेत तानिरहनथिन् । विवाह गरेर करण ग्रोबरसँग दाम्पत्य जीवन बिताएकी उनका सात विवादहरु यस्ता रहेका छन् ।

बिपाशा बासुको लभ अफयर्स

बिपाशा लभ अफयर्सका मामिलामा सधै अगाडि देखिन् । यसकै कारण उनको चर्चा बारम्बार भइ नै रह्यो बलिउडमा । जब उनी फिल्ममा आइन उनको अफयेर जोन अब्रहामसँग चलेको थियो ।

आठ वर्षभन्दा बढी लामो अफयेर चलेको यो जोडीको अन्तत अचानक ब्रेक नै भयो । त्यसपछि बिपाशाले हरमन बबेजा, राना दगुबत्तीसँग डेट गर्न सुरु गरिन् तर यी सम्बन्धहरु पनि धेरै टिकेनन् ।

एकसमय त यस्तो चर्चा समेत आयो की बिपाशा र पोर्चुगल स्टार रोनाल्डोलाई डेट गरिरहेकी छिन् । तर यो कुरा त्यसै हरायो । हाल करण ग्रोबरसँग विवाह गरेर उनी सेटल हुने प्रक्रियामा रहेकी छिन् ।

क्रिस्टयानो रोनाल्डोसँगको किस सिन

बिपाशा बासु जब फिल्ममा गोल गरिरहेकी थिइन् तब उनले विश्वकै चर्चीत फुटबलर क्रिस्टयानो रोनाल्डोसँग भेट भएकी थिइन् । जब बिपाशाले बि बि सी नाइट क्लबमा उनीहरु भेटिएका थिए ।

फोटोग्राफरले दुवैको फोटो लिने क्रममा विपाशाले रोनाल्डोसँग लिप लक किस नै गरिदिएकी थिइन् । उक्त फोटो धेरै वर्षसम्म खुब चर्चामा रहेको थियो ।