रोनाल्डोको यस्तो अचम्मको चाहना - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

रोनाल्डोको यस्तो अचम्मको चाहना



एजेन्सी – बायर्नका पुर्वस्टार लोथर म्याथ्थुजले सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पुर्व सहयात्री जेम्स रोड्रिग्वेजसँग खेल्ने चाहना रहेको खुलासा गरेका छन् ।

बायर्नका पुर्व खेलाडी लोथर म्याथ्थुजले रोनाल्डोको जेम्सलाई इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्टस्मा जोडिन आग्रह गर्दै सँगै खेल्ने चाहना व्यक्त गरेका हुन् ।

ब्राजिल विश्वकपका गोल्डेनबुट विजेता २७ वर्षीय जेम्स विश्वकप लगत्तै स्पेनिस महारथी रियल म्याड्रिडमा अनुबन्धित भएका थिए । रियलमा निकै कम मौका पाएपछि जेम्स २०१६ पछि लोनमा जर्मन क्लब बायर्न म्युनिखमा पुगेका थिए ।

रियल र बायर्न दुवैले जेम्सलाई नचाहाइ रहँदा जेम्सका लागि युभेन्टस उपयुक्त विकल्प हुन सक्नेछ ।

‘म जेम्सलाई युभेन्टसमा देख्न चाहान्छु । जेम्सको विषयमा दुई साताअघि कुराकानी भएको थियो । जेम्स र रोनाल्डोको सम्वन्ध निकै राम्रो छ ।’ म्याथ्थुजले भने, ‘उनीहरु एकसाथ खेलेको हेर्ने इच्छा छ । म बुझ्न सक्छु, किन जेम्स रोनाल्डोको सेवा गर्न चाहन्छन् । र गोल गर्न सक्छन् । जसले गर्दा दुवै खेलाडी चम्किन सक्छन् ।’

जेम्स सन् २०१४ मा रियल मड्रिडमा आएका थिए । उनले रियललाई ला लिगा च्याम्पियन, दुई च्याम्पियन्स लिग र दुई क्लब विश्वकपको उपाधि जिताउन सहयोग गरेका थिए ।

मौरिसियो सार्री युभेन्टसको नयाँ प्रशिक्षक बन्ने सम्भावना रहेको छ । उनले कस्ता खेलाडी अनुबन्ध गर्नेछ । त्यो हेर्न बाँकी नै छ ।