रोनाल्डोले उत्कृष्ट गोलको अवार्ड जिते - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

रोनाल्डोले उत्कृष्ट गोलको अवार्ड जिते



एजेन्सी – युभेन्टस फरवार्ड क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको समूह चरणमा आफ्नै पूर्वक्लब म्यानचेस्टर युनाइटेडविरुद्ध गरेको गोलले उत्कृष्ट गोलको अवार्ड जितेको छ ।

यूईएफएको प्राविधिक समितिले छनोट गरेको उत्कृष्ट १० गोलमध्य रोनाल्डोको गोल शीर्षस्थानमा परेको हो । रोनाल्डोको गोलले बार्सिलोनाका लिओनेल मेसीले लिभरपुलविरुद्ध गरेको फ्रिकिक गोल र लिभरपुलका साडियो मानेले बायर्न म्युनिखविरुद्ध गरेको चिप गोललाई पछाडी पारेको हो । रोनाल्डोले लगातार दोस्रो सिजन यो उपाधि हात पारेका हुन् । उनले अघिल्लो सिजन रियलबाट खेल्दै युभेन्टसविरुद्ध गरेको गोलमा अवार्ड जितेका थिए ।

शीर्ष १० गोलमा बार्सिलोनाका ५ खेलाडीले स्थान बनाएका थिए । मेसीको फ्रिकिकसँगै लुइस सुआरेज, ओस्मान डेम्बेले, फिलिपे कोउटिन्हो र इभान राकिटिचले पनि शीर्ष १० मा स्थान बनाए । शीर्ष १० मा म्यानचेस्टर युनाइटेडविरुद्ध ३ खेलाडीले गोल गरेका थिए । म्यानचेस्टर सिटीका रहिम स्टरलिङ र लेरोय सानेले पनि स्थान बनाए । किलियन एम्बाप्पेको गोलले पनि शीर्ष १० स्थान कायम गर्यो ।

शीर्ष १० वरीयता :
१. क्रिस्टियानो रोनाल्डो (युभेन्ट्स विरुद्ध म्यानचेस्टर युनाइटेड)
२. लिओनेल मेसी (बार्सिलोना विरुद्ध लिभरपुल)
३. साडियो माने (बायर्न विरुद्ध लिभरपुल)
४. इभान राकीटिच (टोटेनहम विरुद्ध बार्सिलोना)
५. लेरोय साने (म्यानचेस्टर सिटी विरुद्ध होफेनहाम्रोखेलकुदाइम)
६. किलीयन एम्बाप्पे (म्यानचेस्टर युनाइटेड विरुद्ध पेरिस सेन्ट जर्मेन)
७. रहिम स्टरलिङ (म्यानचेस्टर सिटी विरुद्ध शाख्तर डोनेस्क)
८. ओस्मान डेम्बेले (बार्सिलोना विरुद्ध टोटेनहम)
९. फिलिपे कोउटिन्हो (बार्सिलोना विरुद्ध म्यानचेस्टर युनाइटेड)
१०. लुइस सुआरेज (बार्सिलोना विरुद्ध लिभरपुल)