राष्ट्रिय टोलीमा फर्किए रोनाल्डो ! - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

राष्ट्रिय टोलीमा फर्किए रोनाल्डो !



एजेन्सी । विश्व फुटबलका महान हस्ती क्रिस्टियानो रोनाल्डोले मंगलबार पोर्चुगलको राष्ट्रिय टोलीसँग प्रशिक्षण गरेका छन् ।

सन् २०२० को यूरोकपको छनौटको लागि रोनाल्डो राष्ट्रिय टोलीमा फर्किएका हुन् । उनले सन् २०१८ को विश्वकप यता राष्ट्रिय टोलीबाट कुनै खेल खेलेका छैनन् । ३४ वर्षिय रोनाल्डो अहिले इटालीयन क्लब युभेन्टसमा आबद्ध छन् ।

डिफेन्डीङ च्याम्पियन पोर्चुगलले स्थानीय समयअनुसार आगामी शनिबार बिहान १ः३० बजे युक्रेनको सामना गर्ने तालिका रहेको छ । त्यसको ३ दिनपछि सर्बियाको सामना गर्दै पोर्चुगलले पहिलो चरणको छनौटको शुरुवात गर्नेछ ।

रोनाल्डो यहि दुई खेलको लागि पोर्चुगल फर्किएका हुन् । यी दुबै खेल पोर्चुगलको राजधानी लिस्बनमै हुनेछ ।

रोनाल्डो फर्किएपछि पोर्चुगलको टोली नै उत्साहित रहेको बताइएको छ । युभेन्टसको लागि च्याम्पियन्स लिगमा एट्लेटिको मेड्रिड विरुद्ध ह्याट्रिक गरेका रोनाल्डो अहिले उत्कृष्ट फर्ममा रहेका छन् ।