युभेन्टसको लगातार दोस्रो जित, रोनाल्डो यसरी चुके - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

युभेन्टसको लगातार दोस्रो जित, रोनाल्डो यसरी चुके



एजेन्सी । इटालियन सिरी–ए को शनिबार राति भएको खेलमा युभेन्टसले आफ्नो दोस्रो खेलमा जित निकालेको छ ।

सिरि—ए मा लगातार दोस्रा जित निकाल्ने क्रममा युभेन्टसले लाजिओलाई २—० गोल अन्तरले पराजित गरे । युभेन्टसले खेलको सुरुवातदेखि लाजिओलाई दबाबमा राखेको थियो । खेलको ३० औं मिनेटमा युभेन्टसका मिरालेम जानिकले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा अर्थात् ७५ औं मिनेटमा मारियो मान्डजुकीले गोल गरेपछि युभेन्टसले २—० गोल अन्तरले लाजिओलाई पराजित गरेको हो ।

विश्व चर्चीत खेलाडी क्रिष्टियानो रोनाल्डोले युभेन्टसका लागि पटक—पटक गोल प्रयास गरेपनि सफल भने भएनन् । उनले युभेन्टसबाट सिरि—ए मा दुई खेल खेलेपनि गोल गर्न भने सकेका छैनन् ।