रोनाल्डोले युभेन्ट्सलाई गरे अनौठो आग्रह - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

रोनाल्डोले युभेन्ट्सलाई गरे अनौठो आग्रह



स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले आफ्नो नयाँ क्लब युभेन्टसलाई रियल मड्रिडका स्टार खेलाडी मार्सेलोलाई अनुबन्धन गर्न आग्रह गरेका छन् । रोनाल्डोले युभेन्टस जोइन गरेको केही दिनमै मार्सेलोलाई ल्याउन भनेका हुन् ।

३३ वर्षका रोनाल्डो ११२ मिलियन युरोमा रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस आएका हुन् । उनी महंगा खेलाडीको सूचिमा चौथो नम्बरमा परेका छन् । उनले ९ वर्ष रियल मड्रिडमा बिताएर युभेन्टस आएका हुन् ।

उनले युभेन्टससँग चार वर्षको सम्झौता गरेका हुन् । रोनाल्डो रियल मड्रिडमा रहँदा मार्सेलोसँग उनको राम्रो मित्रता भएको छ । रोनाल्डोले आफ्नो उपलब्धीमा साथीहरुको भूमिका महत्वपूर्ण रहेको बताउने गरेका छन् ।

मार्सेलो रोनाल्डोका तिनै महत्वपूर्ण साथीहरु मध्ये एक हुन् । स्पेनिस पत्रिका स्पोर्टका अनुसार रोनाल्डोले नयाँ क्लब युभेन्टसलाई आफू अनुबन्ध भएकै दिन मार्सेलोलाई पनि ल्याउन भनेको उल्लेख गरेको छ ।

मार्सेलोले पनि त्यो कुरालाई बल दिने कुरा बताएका छन् । उनले भनिसकेका छन् कि, ‘हामी चाँडै नै सँगै हुने छौँ ।’ तर मार्सेलो अहिले रियल मड्रिडकै टिमसँग प्रशिक्षणमा छन् ।