एक खुट्टाले नाच्ने रोमा न्यौपाने ठगी मुद्दामा पक्राउ - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

एक खुट्टाले नाच्ने रोमा न्यौपाने ठगी मुद्दामा पक्राउ



काठमाडौं–

एउटा खुट्टाले नाचेर चर्चित बनेकी कलाकार रोमा न्यौपाने ठगी मुद्दामा पक्राउ परेकी छिन्। काठमाडौं प्रहरीले बिहिबार उनलाई पक्राउ गरेको हो।

सहकारी खोलेर सर्वसाधरणको पैसा उठाई फिर्ता नदिएर ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनको एउटा खुट्टा छैन र पनि नाच भने दुवै खुट्टा भएकाको भन्दा कम थिएन ।

उनीविरुद्ध १ वर्ष पहिले नै अदालतमा मुद्दा दायर भइसकेको छ। अदालतले उनीविरुद्ध पक्राउपूर्जी जारी गरेको थियो ।