‘रोक्ने भन्दा कहाँ ठोक्ने सोच आयो’
काठमाडौं ।। डेढ दशकदेखि सवारीसाधन चलाइरहेका छत्र कार्की (३७) का लागि गाडी र सडक नौला होइनन् । गएको शुक्रबार भने कार्कीका लागि आफैँले चलाइरहेको बस र सधैँ गाडी गुडाउने सडक नौला मात्र लागेनन्, अत्यासलाग्दा समेत बने।
हरेक दिन स्टेरिङमा हात र ब्रेकमा गोडा राखेर गाडीलाई सन्तुलित रूपमा चलाउँदै आएका उनी शुक्रबार भने हात र गोडाले गाडी ‘कन्ट्रोल’ गर्ने अवस्थामा थिएनन् । आफ्ना हात र गोडाको सन्तुलनले ३५ जना स–साना नानीलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने अभिभारा बोकेका उनी, त्यसबेला झसंग भए, जब आफ्नो बसको ‘ब्रेक फेल’ भएको पाए।
गुड्दागुड्दैको बस ‘ब्रेक फेल’ भएको पत्तो पाएपछि उनलाई के गराैँ के गराैँ भयो । ‘त्यो दिन सम्झँदा अझै पनि मन डराउँछ,’ आइतबार विद्यालयमा नागरिकसँग कुरा गर्दै चालकले भने, ‘कसरी नानीहरूको जीवन जोगाएँ, आफैँ अचम्ममा छु ।’ गाडी चलाएको लामो अनुभव भए पनि ‘ब्रेक फेल’ भएपछि कुनै उपाय नलागेको उनले बताए।
कागेश्वरी मनहरा नगरपालिकामा पर्ने गोठाटारस्थित हाइली क्रिएटिभ स्कुलको बस चलाउँदै आएका उनी सधैँझैँ गत शुक्रबार पनि नर्सरीदेखि युकेजीसम्मका ३५ बालबालिकालाई घर–घर पु¥याउन गएका थिए । स्कुलबाट करिब २ः२५ तिर बस लिएर गन्तव्यतर्फ हिँडेका उनले नजिकैको हरहर महादेव पुग्न झन्डै दुई सय मिटर बाँकी रहँदा गाडीको ‘ब्रेक फेल’ भएको थाहा पाए । गाडीमा अरुका स–साना नानी मात्र होइन, उनकै तीन वर्षीया छोरी रसु पनि थिइन्।
गुड्दागुड्दैको बस ‘ब्रेक फेल’ भएको पत्तो पाएपछि उनलाई के गराैँ के गराैँ भयो । ‘त्यो दिन सम्झँदा अझै पनि मन डराउँछ,’ आइतबार विद्यालयमा नागरिकसँग कुरा गर्दै चालकले भने, ‘कसरी नानीहरूको जीवन जोगाएँ, आफैँ अचम्ममा छु ।’ गाडी चलाएको लामो अनुभव भए पनि ‘ब्रेक फेल’ भएपछि कुनै उपाय नलागेको उनले बताए।
‘कसरी रोक्ने भन्दा कहाँ ठोक्ने भन्ने मात्र सोच आयो,’ उनले भने, ‘धेरै विकल्पमध्येको अन्तिम विकल्प सही ठहरियो ।’
‘ब्रेक फेल’ भएको थाहा पाउनेबित्तिकै उनले सहचालकलाई नजिकै खाल्डो छ कि भनेर हेर्न लगाए । नजिकै खाल्डो नदेखिएपछि बाँसको झाङमा ठोक्काउने प्रयास गरे । बाँसको झाङ नजिकै दुई बालक साइकलमा आएपछि उनले ‘ब्रेक’विनै गाडी अघि बढाए।
‘हतारमा निर्णय लिनुपर्ने थियो,’ उनी भन्छन्, ‘ओरालोमा गाडी गुड्दै थियो, ठोक्काउने ठाउँ भेटिएन ।’ गाडी अड्याउने कुनै उपाय नदेखेपछि उनले हरहर महादेवको मन्दिरमै गाडी ठोक्काउने प्रयास गरे । त्यहाँ पनि एक महिला उभिएको देखेपछि उनले गाडी अघि बढाए । ‘नानीहरूको जीवन पनि जोगाउनु छ, सडकका यात्रुलाई पनि जोगाउनु छ,’ उनले भने, ‘एकदमै मुस्किल भइरहेको थियो ।’
मन्दिर कटेपछि उनले गाडी मोड्ने प्रयास गरे । त्यहाँ पनि मध्य उपत्यका यातायातको बस रोकिएकाले उनले गाडी मोड्न पाएनन् । ‘आखिरमा भगवान् सम्झेर पक्की प्रतीक्षालयको ‘टप’मा ठोक्काउने निर्णय गरेँ,’ उनले भने, ‘क्षति धेरै हुने डर थियो तर ‘टप’मै गाडी रोकियो ।’
‘हतारमा निर्णय लिनुपर्ने थियो,’ उनी भन्छन्, ‘ओरालोमा गाडी गुड्दै थियो, ठोक्काउने ठाउँ भेटिएन ।’ गाडी अड्याउने कुनै उपाय नदेखेपछि उनले हरहर महादेवको मन्दिरमै गाडी ठोक्काउने प्रयास गरे ।
गाडी रोकिएपछि स्कुले बालबालिकालाई सहचालकको मद्दतले झ्यालबाट बाहिर निकाले । ‘केही नानीलाई चोट लागेको थियो,’ उनले भने, ‘तिनलाई दौडाउँदै मेडिकलमा लगेर उपचार गराएँ ।’ उनी तीन वर्षीया छोरी रसुको नाक पनि फुटेको थियो । ‘गाडीका सबै नानीहरू पछाडितर्फ गए, मसँगै रहेकी छोरी नजिक आएर बसेकाले उसको नाकमा चोट लाग्यो ।’
बालबालिकालाई प्राथमिक उपचार गराउँदै गर्दा घटनास्थल आइपुगेको प्रहरीले उनलाई ‘ब्रेक फेल’ भएकै गाडी गुडाएर चौकीतर्फ जान दबाब दिए । ‘छोरीको नाकबाट रगत बग्दै थियो,’ उनले भने, ‘म फेरि ब्रेक फेल भएको गाडी चलाएर अगाडि जान बाध्य भएँ।’
३५ बालबालिकाको ज्यान जोगाएका उनले प्रहरीको दबाबमा आफ्नै ज्यान जोखिममा मोलेर फेरि त्यही गाडी चलाउनुपर्यो। ‘नानीहरूको जीवन जोगाएँ तर आफ्नै जीवन जोखिममा थियो, नभन्दै अर्को मोडमा गएर गाडी ठोक्कियो,’ उनले भने । पहिलो दुघर्टनामा चोट नलागेका उनलाई दोस्रो दुर्घटनामा भने सामान्य चोट लाग्यो । गाडी प्रहरी चौकीमा पु¥याएपछि भने उनले लामो सास फेरे, एक बोतल पानी किनेर घटघट पिए, अनि अबचाहिँ बाँचियो भन्दै सुस्केरा हाले । ‘प्रहरी चौकीमै तीन÷चार घन्टा आराम गरेर साँझ घर फर्किएँ,’ उनले भने।
दोलखा कालिञ्चोकका कार्कीका श्रीमती दुई छोरी र एक छोराका साथ राजधानीमै बस्छन् । गाडी दुर्घटनाको त्रासद घटनापछि धेरैले उनको प्रशंसा गरेका छन् । ‘केही अभिभावक घरमै आएका स्याबासी दिनुभयो,’ उनले भने, ‘नानीहरू पनि मलाई देख्दा खुसी हुन थालेका छन्।’
दुर्घटनामा परेर आत्तिएकी उनकी छोरी पनि आइतबारबाटै रमाएर स्कुल जान थालिसकेकी छन् । ‘त्यो दुर्घटना त टरेर गयो,’ उनी भन्छन्, ‘अब फेरि यस्तो नदोहोरियोस् ।’