सरकारले विप्लव पक्षका माग पूरा नगरेपछि रोकियो वार्ता - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

सरकारले विप्लव पक्षका माग पूरा नगरेपछि रोकियो वार्ता



काठमाडौं- सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सरकाबीच मंगलबारबाटै सुरू हुने वार्ता रोकिएको छ । विप्लव समुहले केही सर्त राखेपछि निर्धारित समयमा वार्ता हुन नसकेको बताइएको छ ।

मंगलबार गठन गरिएका सरकार र विप्लवका वार्ता टोलीबीच हिजै वार्ता गर्ने तयारी गरिए पनि विप्लव समुहले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाई गर्नुपर्ने र पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग राखेपछि वार्ताको समय सरेको बुझिएको छ ।

स्रोतका अनुसार सरकारले भने वार्ता सुरू भएपछि मात्र कार्यकर्ता रिहाई र प्रतिवन्ध फुकुवा गर्ने वचन दिएको थियो । विप्लव समुहका एक नेताका अनुसार आफूहरूले पहिला पार्टीमा लागेको प्रतिबन्ध फुकुवा र जेलमा रहेका आफ्ना नेता/कार्यकर्ता रिहा गरिनुपर्ने माग राखेपछि हिजो वार्ता हुन नसकेको हो।

विप्लव समुहको वार्ता टोली मंगलबारनै काठमाडौं आइसकेको छ भने अनौपचारिक सम्वाद पनि सुरू भएको छ । मंगलबार नै सरकारी वार्ता टोलीसँग अनौपचारिक छलफल भने भएको ती नेताले बताए।

वार्ता गर्न विप्लव नेकपाले खटाएका खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने दीपकसँग सरकारी पक्ष सम्पर्कमै रहेको र बाँकी प्रक्रिया बुधबार पूरा गरेर वार्ता गर्ने बताएको छ ।

सरकारले मंगलबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई रहेको २ सदस्यीय वार्ता टोली गठन गरेको छ।