माओवादी नेता रोकायाले छाडे पार्टी: हजारौं कार्यकर्ता एमाले प्रवेश गराउने तयारी
नेकपा (माओवादी केन्द्र) का तत्कालिन पोलिटब्यूरो सदस्य प्रकाश रोकायाले पार्टी परित्याग गरेका छन् । बिहीबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रमा बोल्दै नेता रोकायाले आफूले माओवादी परित्याग गरेको घोषणा गरेका हुन् ।
आफूले माओवादी त्याग गर्ने घोषणा गरेसँगै अबको राजनीतिक यात्रा नेकपा एमालेमा सुरु गर्ने पनि उनले उल्लेख गरेका छन् । उनले आफूले मात्र नभएर हजारौं संख्यालाई माओवादी परित्याग गर्ने बताएका छन् । उनले भने–‘अब म मात्र नभएर हजारौं माओवादी कार्यकर्ताहरु नै एमालेमा प्रवेश गर्नेछन् ।’
कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट आन्दोलन बचाउनको लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भइरहेको उल्लेख गरे ।
![](https://fra1.digitaloceanspaces.com/appharuspace/himalpost/uploads/2021/09/1-1.jpg)
![](https://fra1.digitaloceanspaces.com/appharuspace/himalpost/uploads/2021/09/2-1.jpg)