चलचित्र ‘रोजी’को गीतको ‘फूल हैन’ माथि म्युजिकल्ली बनाउनेलाई १ लाख रुपैयाँ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

चलचित्र ‘रोजी’को गीतको ‘फूल हैन’ माथि म्युजिकल्ली बनाउनेलाई १ लाख रुपैयाँ



प्रदीप खड्काको अभिनय रहेको चलचित्र ‘रोजी’ले प्रचार प्रसारको नयाँ शैली अपनाउदै म्युजिकल्ली कन्टेस्ट आह्वान गरेको छ। फिल्म ‘रोजी’ले हिट गीत ‘फूल हैन’माथि म्युजिकल्ली प्रतिस्पर्धा आयोजना गरेको हो।

भिडियो साझेदारी साइट युट्युवमा रुचाइएको उक्त गीतमाथि इच्छुकले म्युजिकल्ली भिडियो बनाउन सक्नेछन्। रोजी निर्माण कम्पनीद्वय गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले लोभलाग्दो पुरस्कार राशीसहितको म्युजिकल्ली कन्टेस्ट शुक्रबार घोषणा गरेको हो।

प्रतिस्पर्धीले ‘रोजी नेपाली फिचर फिल्म’ नामक अफिसियल फेसबुक पृष्ठको म्यासेज बक्समा भिडियो पठाउन सक्ने वा वालमा सेयर गर्न सक्नेछन्।

विजयी प्रतिस्पर्धी मध्ये ५० जनालाई आकर्षक गिफ्ट ह्याम्पर, उत्कृष्ट १० लाई कलाकारसँग डिनर डेटले पुरस्कृत गरिने भएको छ। साथै, दोस्रो र तेस्रो हुनेलाई कुनै एक फिल्म इन्स्टिच्युटमा विजेताले रुचाएको विधामा छात्रवृद्धि दिइनेछ ।

पहिलो हुनेले नगद रु १ लाखले पुरस्कृत गरिने भएको छ। गोपिकृष्ण मूभिजको युट्युव च्यानलमा समेत भिडियो पोस्ट हुने भएकाले भ्युअर्सका आधारमा उत्कृष्ट तय गरिने निर्माण टिमले जनाएको छ।

एलिस कार्कीद्धारा संगीतवद्ध, प्रविशा अधिकारी र प्रताप दासको स्वर समावेश फूल हैनलाई निकै रुचाइएको छ। यो समाचार तयार पार्दा सम्म साँढे ७ लाख पटक भन्दा धेरै पटक हेरिएको छ भने युट्युवको नेपाली संस्करणमा ८ औँ स्थानमा पर्न सफल भएको छ।

नीरक पौडेल निर्देशित क्राइम थ्रीलर फिल्म आगामी २२ भदौमा रिलिज तयारीमा छ। प्रदीप खड्का, मिरुना मगर र परमिता राणा मुख्य भूमिकामा छन्।