विश्वकपमा रोहित शर्माको नयाँ किर्तिमान - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

विश्वकपमा रोहित शर्माको नयाँ किर्तिमान



काठमाडौं । भारतीय ओपनिङ ब्याट्सम्यान रोहित शर्माले इंगल्याण्डमा भइरहेको एक दिवसीय विश्वकप क्रिकेटमा तेस्रो सतक पूरा गरेका छन् ।

इंगल्याण्ड विरुद्धको आइतबार रातिको खेलमा रोहितले १०९ बलमा १०२ रन बनाए । उनले कप्तान विराट कोहलीसंग मिलेर दोस्रो विकेटका लागि एक सय ३८ रनको साझेदारी समेत गरेका थिए ।

उनले यसअघि पहिलो खेलमा दक्षिण अफ्रिका विरुद्ध १२२ नटआउट र पाकिस्तान विरुद्ध १४० रन बनाएका थिए ।

यसअघि कसले बनाए बढी सतक ?
विश्वकपको एकै संस्करणमा सबैभन्दा बढी सतक बनाउने कीर्तिमान श्रीलंकन क्रिकेटर कुमार सांगाकाराको नाममा रहेको छ ।

सांगाकाराले सन् २०१५ को विश्वकपमा ४ वटा सतक बनाएका थिए । त्यो नै सन् १९७५ देखि सुरु भएको विश्वकपको इतिहासको कीर्तिमान हो ।

त्यसपछि तीन सतक बनाउने खेलाडीहरुमा अष्ट्रेलियाका मार्क वा र म्याथ्यु हेडेन तथा भारतबाट रोहित शर्मासंगै सौरभ गांगुली रहेका छन् ।

मार्क वाले सन् १९९६ को विश्वकपमा, सौरभ गांगुलीले सन् २००३ को विश्वकपमा, म्याथ्यु हेडेनले सन् २००७ को विश्वकपमा सतक बनाएका थिए ।

रोहितले लिग चरणमै अझै दुई खेल खेल्न बाँकी रहने र सेमिफाइनलमा पनि खेल्न बाँकी रहने भएकाले कम्तीमा तीन खेल खेल्नेछन् । यी खेलमा पनि सतक बन्ने सम्भावना छ ।

यसअघि विराट कोहलीसंगै अष्ट्रेलियाका आरोन फिन्च र दक्षिण अफ्रिकाका ग्राहम स्मिथको नाममा लगातार चार अर्धसतकको कीर्तिमान थियो ।