रोहित शर्माले गरे पाकिस्तानविरुद्ध शतक प्रहार - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रोहित शर्माले गरे पाकिस्तानविरुद्ध शतक प्रहार



एजेन्सी – भारतीय ओपनर रोहित शर्माले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पाकिस्तानविरुद्ध शतक प्रहार गरेका छन् ।

रोहितले ८५ बलमा आफ्नो वान डे करियरको २४ शतक पुरा गरेका हुन् । रोहितले ८५ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै शतक पुरा गरेका थिए । ३० ओभरको अन्तिम बलमा सादव खानलाई १ रन प्रहार गर्दै शतक पुरा गरे ।

रोहितको जारी विश्वकपमा यो दोस्रो शतक समेत हो । यस अघि रोहितले दक्षिण अफ्रिकाविरुद्ध पनि शतक प्रहार गरेका थिए । सम्रगमा रोहितले विश्वकपमा तेस्रो शतक पुरा गरेका हुन् । कप्तान विराट कोहलीले ९ रनमा साथ दिएका छन् ।

त्यस अघि पहिलो विकेटका लागि ओपनर केएल राहुल र रोहित शर्माले २३.५ ओभरमा १ सय ३६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । राहुललाई वहाब रियाजले बाबर आजमबाट क्याच आउट गराउनु अघि ७८ बलमा ३ चौका र २ छक्का सहित ५७ रनको योगदान दिए । भारतले यो समचार तयार पार्न सम्म ३० ओभरमा १ सय ७२ रन बनाउन १ विकेट गुमाएको छ । पाकिस्तानले आफ्ना ७ बलर प्रयोग गरेको छ ।