रोहित शर्मा : जसले विश्व क्रिकेटका 'लिजेण्ड'हरूलाई पछी पारे - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

रोहित शर्मा : जसले विश्व क्रिकेटका ‘लिजेण्ड’हरूलाई पछी पारे



एजेन्सी – आइसिसी क्रिकेट विश्वकपअन्तर्गत भारतका ओपनर रोहित शर्माले शनिबार श्रीलंकाविरुद्ध शतक प्रहार गर्दै कीर्तिमान बनाएका छन्।

उनले श्रीलंकाविरुद्ध १०३ रन जोडेका हुन्। श्रीलंकालाई भारतले ७ विकेटले हराएको खेलमा रोहितले ९४ बलमा १४ चौका र २ छक्का हिर्काए।

लगातार तेस्रो शतक प्रहार गरेका रोहितको जारी विश्वकपमा पाँचौ शतक हो। विश्वकपको एकै संस्करणमा पाँच शतक प्रहार गर्ने रोहित पहिलो खेलाडी बने।

यसअघि बंगलादेशविरुद्धको अघिल्लो खेलमा उनले १०४ रन बनाउँदै उनले एकै विश्वकपमा चार शतक प्रहार गर्ने श्रीलंकाका कुमार सांगाकारासँगको रेकर्ड बराबरी गरेका थिए। सांगाकाराले सन् २०१५ विश्वकपमा चार शतक प्रहार गरेका थिए। यद्यपी सांगाकाराले लगातार चार खेलमा शतक प्रहार गरेका थिए।

रोहितको विश्वकपमा छैटौं शतक हो। यसअघि उनले सन् २०१५ मा बंगलादेशविरुद्ध शतक हिर्काएका थिए। यसअघि रोहितले विश्वकपमा बढी शतक बनाउने रेकर्ड पनि बराबरी गरेका छन्। उनले सचिन तन्दुलकरको नाममा रहेको ६ शतकको रेकर्ड बराबरी गरेका हुन्।

यस्तै रोहित एकै विश्वकपमा बढी रन प्रहार गर्ने रेकर्ड पनि नजिक छन्। रोहितले अहिलेसम्म ६४७ रन प्रहार गरिसकेका छन्। एकै विश्वकपमा बढी रन प्रहार गर्ने रेकर्ड सचिन तेन्दुलकरको नाममा छ। उनले सन् २००३ मा ६७३ रन प्रहार गरेका थिए।

जारी विश्वकपमा रोहितको शतक
श्रीलंकाविरुद्ध – १०३ रन
बंगलादेशविरुद्ध- १०४ रन
इंग्ल्यान्डविरुद्ध – १०२ रन
पाकिस्तानविरुद्ध – १४० रन
दक्षिण अफ्रिकाविरुद्ध – नटआउट १२२ रन

विश्वकपमा शतक प्रहार गर्ने भारतीय खेलाडी
कपील देव, सुनील गावस्कर, सचिन तेन्दुलकर (६), विनोद काब्ली, राहुल द्रविड (२), सौरभ गांगुली (४), अजय जडेजा, वीरेन्द्र सेहवाग (२), विराट कोहली (२), युवराज सिंह, शिखर धवन (३), सुरेश रैना, रोहित शर्मा (६)