रोहितको विश्वकपमा अर्को शतक - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

रोहितको विश्वकपमा अर्को शतक



एजेन्सी । इंग्ल्याण्डमा जारी आईसीसी विश्वकप क्रिकेटमा अहिले उपाधि दाबेदार इंग्ल्याण्ड र भारतबीच प्रतिस्पर्धा भईरहेको छ ।

बर्मिङघमस्थित एजबस्टन क्रिकेट मैदानमा इंग्ल्याण्डले दिएको ३३८ रनको फराकिलो लक्ष्यसहित भारतले जवाफी ब्याटिङ गरिरहेको छ । र, इंग्ल्याण्डविरुद्ध भारतका रोहित शर्माले शतक बनाएका छन्  ।

रोहितले १०६ बलमा १०० रन पुरा गरे । तर, रोहित १०२ रन बनाएर आउट भए  ।

जारी विश्वकपमा रोहितको यो तेस्रो शतक हो  । र, रोहित एकै विश्वकपमा तीन शतक बनाउने दोस्रो भारतीय खेलाडी बनेका छन् । यसअघि सौरभ गांगुलीले एकै विश्वकपमा ३ शतक बनाएका थिए  ।

भारतले अहिले  ३६ ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएर खेलिरहेको छ  ।