रोहित शर्माले बनाए किर्तिमान - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

रोहित शर्माले बनाए किर्तिमान



एजेन्सी । ब्याट्सम्यान रोहित शर्मा अष्ट्रेलियाविरुद्ध एकदिवसीय क्रिकेटमा २ हजार रन पुरा गर्ने दोस्रो भारतीय खेलाडी बनेका छन् ।

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले जारी अष्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दै रोहितले २ हजार रन पुरा गरेका हुन् ।

ओपनर ब्याट्सम्यान रोहित सचिन तेन्दुलकरपछि अष्ट्रेलियाविरुद्ध २ हजार पुरा गर्ने पहिलो खेलाडी बनेका हुन् । जारी खेलमा रोहितले ४० रन बनाएर खेलिरहेका छन् ।

लण्डनमा जारी खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । र, भारतले उत्कृष्ट सुरुवात गरेको छ ।