कप्तान रोहित पनि आउट - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

कप्तान रोहित पनि आउट



काठमाडौँ – मलेसियामा जारी आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा अहिले नेपालले युनाईटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गरिरहेको छ ।

२४ औँ ओभरको खेल चलिरहँदा नेपालले चार विकेट गुमाएको छ । कप्तान रोहित कुमार पौडेल २३ बलमा १८ रन बनाएर आउट भए । त्यस्तै सन्दीप जोरा ७ बलमा ४ रन बनाएर आउट भए ।

रित गौतम ६४ बलमा ४१ रन बनाएर खेलिरहेका छन् । नेपालको खातामा १११ रन पुगेको छ ।

शुक्रबार सिंगापुर विरुद्धको पहिलो खेलमा नेपालले शानदार जित निकालेको थियो ।